Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरीका ३ सय ६६ इन्सपेक्टरको सरुवा, को कहाँ सरुवा भए ? (सूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २८ २०७७
  • 6.9K
    SHARES

काठमाडौं । नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालले नयाँ वर्ष २०७८ सालको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीाबट पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरेको हो ।

वर्षैपिच्छे प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरहरुको सरुवा गर्ने गरेको छ । तर, विभिन्न कारणवश पछिल्लो चार महिनादेखि इन्सपेक्टरहरुको सरुवा गर्न असमर्थ रहेको थियो । हालका इन्सपेक्टरहरु ७ पुष ०७६ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा खटिदै आएका छन् ।

प्रहरी प्रधान कार्यालयको सूचीअनुसार पहिलो नम्बरमा हेटौँडाबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा अच्युत गिरी सरुवा भएका छन् । अनमोल खड्का प्रहरी प्रधान कार्यालय नक्सालबाट मोरङमा सरुवा भएका छन् । अनिलकुमार पौडेल पथरी मोरङबाट दुबही सुनसरीमा, अनिल थापा महाराजगन्ज काठमाडौंबाट सुर्खेत, अनिल पण्डित नुवाकोटबाट काठमाडौंमा सरुवा भएका छन् ।

यसैगरी सुनसरी दुहवीका इन्सपेक्टर अनिल माबोहाङ झापा, अनिलराज गिरी रुपन्देहीबाट सिन्धुली, अनिश बूढाथोकी प्रहरी प्रधान कार्यालय नक्सालबाट काभ्रेपलाञ्चोक, अनिष भण्डारी कैलालीबाट महानगरीय अपराध महाशाखा टेकुमा सरुवा भएका छन् ।

रुपन्देही स्थित इलाका प्रहरी कार्यालय बेलहियामा नविन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा ज्ञान बहादुर माझी र सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा अनिलराज गिरीलाई सरुवा गरिएको छ ।

सरुवा सूची हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४