Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भक्तपुरमा आजबाट बिस्केट जात्रा सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २८ २०७७
  • 6.5K
    SHARES

काठमाडौं । भक्तपुरमा आजदेखि बिस्का अर्थात बिस्केट जात्रा सुरु हुँदैछ । आज भैरवनाथ र भद्रकालीको रथ दिउँसो दुई बजे तानेर रथजात्रा सुरु हुनेछ ।

आठ रात नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्का जात्रा आउँदो वैशाख पाँच गतेसम्म सञ्चालन हुनेछ  भैरवनाथको रथ टमौढीबाट पूर्वमा बुलुबुलु हिटी र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने भएको छ ।

त्यसक्रममा आवश्यक व्यक्तिबाहेक अरुलाई रथमा चढ्न रोक लगाइने भएको छ । लिच्छविकालदेखि सुरु भएको जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन रहेको छ । यो जात्रा भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि भैरवनाथकै रथ तानेर गरिन्छ ।

बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य सुरुको दिन टौमढीमा रथ तान्ने, चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहित लिङ्गो ठड्याउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते टौमढीमा भैरवको रथलाई तानेर मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४