Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २८ २०७७
  • 2.9K
    SHARES

२०७७ चैत २८ गते, शनिवार, १० अप्रिल २०२१। चैत्र कृष्णपक्ष, चतुर्दशी तिथि। पूर्वभाद्रपदा नक्षत्र (७ः२९ बजेदेखि उत्तरभाद्रपदा)। चन्द्रराशि– मीन।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्नेछ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।  

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। श्रमको उचित मूल्य पाइनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। छोटो समयमै उपलब्धि हातलागी हुनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पछिका लागि सम्भावना देखिए पनि तत्काल न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने समय छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। परिबन्धले केही अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। समयमा शुभचिन्तक तथा साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला। अरूको विश्वास गर्दा धोका हुन सक्छ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बेसुरमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। प्रयत्न गर्दा घरेलु समस्या भने सुल्झाउन सकिनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

हिम्मतले काम लिँदा राम्रो फाइदा हुनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले काममा सफलता मिल्नेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा मनग्य लाभ हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

मिहिनेत परे पनि नतिजा कमजोर देखिने समय छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। अध्ययनमा पनि त्यति समय दिन नसकिएला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। भैपरी आउने खर्चका कारण त्यति सञ्चय गर्न नसकिएला। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सजग रहनुहोला। 

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्।

# नेपाली पात्रोबाट साभार गरिएको
#
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४