Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीमा नयाँ सरकार गठनको प्रयास, तीन दल एक ठाउँमा उभिए


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 5.7K
    SHARES

दुबैले आश गरेका राजमो सांसदहरु विभाजित


पोखरा । प्रमुख विपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास थालेको छ । र, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार धरमराएको छ ।

माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएसँगै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्य थालेको हो । त्यसका लागि कुमार खड्काको नेतृत्वमा वार्ता कमिटी गठन गरेको छ ।

‘कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको निरन्तर वैठक बसिरहेको छ । शुक्रबार पनि हामी छलफलमै थियौं’ सांसद मणिभद्र शर्मा कँडेल, डोबाटे विश्वकर्मा सदस्य रहेको वार्ताका संयोजक खड्का भन्छन्, ‘३ वटै दलको एउटै एजेण्डा छ, यो सरकारको विकल्प खोज्ने । कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गरेका छौं ।’

माओवादी केन्द्रले साविकको नेकपा विभाजन हुँदा प्रचण्ड–माधव समूहले बनाएको कार्यदललाई नै जिम्मा दिएको छ । त्यसबेला हरिबहादुर चुमान, गायत्री गुरुङ, इन्द्रलाल सापकोटा, दीपक कोइराला र रामजी बरालको कार्यदल बनेको थियो ।

एमाले र माओवादी केन्द्र पुनर्जिवित भएपछि माधवकुमार नेपाल समूहका सापकोटा कार्यदलमा छैनन् ।

चार जनाले भने कांग्रेस, जसपा लगायतसँग वार्ता गरिरहेको छ । ‘अहिलेको सरकारको विकल्प जसरी पनि खोज्न एक ठाउँमा उभिएका छौं,’ समिति सदस्य सांसद बरालले भने, ‘सरकारको नेतृत्व कसले गर्ने, कहिले अविश्वासको प्रस्ताव लैजाने भन्ने छलफलमै छ ।’

जनता समाजवादीका सांसद हरिशरण आचार्यले नयाँ विकल्पका साथ अगाडि बढ्न एमालेबाहेक सबै दल एकै ठाउँ आउने बताए । ‘अहिलेकै प्रतिगमनकारी सरकारलाई साथ दिने कुरा हुन्न, हामीले राम्रो क्यान्डिडेटलाई प्रस्ताव गरे राजमो पनि आउन तयार छ,’ आचार्यले भने ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२ र जनता समाजवादीका दुई प्रदेशसभा सदस्य छन् । माओवादीका नेत्रनाथ अधिकारी सभामुख छन् । त्यसैले नयाँ सरकार बनाउन तीन दललाई तीन सिट भएको राष्ट्रिय जनमोर्चाको साथ अनिवार्य छ ।

सरकार टिकाउन मुख्यमन्त्री गुरुङले पनि जनमोर्चाकै साथ खोजेका छन् । कृष्ण थापाले सरकारलाई सघाउने बताइरहेकाले अरुले भड्काउँदैमा नभड्किने मुख्यमन्त्रीको विश्वास छ ।

तर जनमोर्चा भने विभाजित देखिएको छ ।

जनमोर्चाका कृष्ण थापाले केही निर्णय नगर्ने बताइरहँदा पियारी थापा र खिमविक्रम शाहीले भने सरकारको विपक्षमा उभिने बताएका छन् । ‘मन्त्रीको लोभमा कुनै हालतमा सरकारमा जानु हुँदैन । कसैले अविश्वासको प्रस्ताव ल्याउँछ भने त्यसकै पक्षमा मतदान गर्छौं,’ सांसद थापाले भनिन्, ‘तत्काललाई समर्थन फिर्ता नलिने कुरा हो, तर पदसँग प्रतिष्ठा साटिन्नँ ।’

जनमोर्चाका संसदीय दलका नेता थापाले भने पार्टीमा छलफल गरेर मात्र भन्न सकिने बताए । ‘अविश्वासको प्रस्ताव आइहाल्यो भने हामीले तत्काल निर्णय गर्छौं, तर अहिले नै नबोलौं’ उनले भने ।

आर्थिक मामिलामन्त्री किरण गुरुङले भने कसरी अगाडि बढ्ने भन्ने ठोस योजना बनिसकेको बताए । ‘माओवादी केन्द्रका मन्त्रीले अप्रत्यासित रुपमा राजीनामा दिनुभयो । एकल बहुमत नभएपछि अरु दलसँग सहकार्य त गर्नैपर्‍यो’ एमाले गण्डकी प्रदेशका सहइन्चार्ज समेत रहेका गुरुङले भने, ‘अब कसरी अगाडि बढ्ने भन्ने ठोस् योजना बनिसकेको छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४