मोरङ / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुहरु केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताउनु भएको छ ।
शुक्रवार विराटनगरमा सञ्चारकर्मीहरुसंग नेता नेपालले पार्टीलाई संगठित गर्न ओली नै सक्रिय हुनुपर्ने बताउनु भयो । उहाँले एमालेलाई ०७५ साल जेठ २ गतेको पूर्ववत् अवस्था ल्याइए पार्टी भित्रको विवाद समाधान हुन सक्ने बताउनु भयो ।
उहाँले आफुहरु पार्टी भित्र संगठित हुन नसकेकाहरुलाई संगठित गर्ने अभियानमा लागेको र पार्टीलाई टुक्रयाउन भन्दा पनि पुनर्गठित गर्न जुटेको बताउनु भयो ।
नेता नेपालले कानुनी बाध्यताका कारण सांसद र जनप्रतिनिधिहरुलाई समानान्तर समितिहरुमा पुर्नसंगठित गर्न नसकिएको धारणा व्यक्त गर्नुभयो ।