Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“सिनेमा हल र पार्टी प्यालेस शैक्षिक संस्था” बन्द गर्न सीसीएमसीलाई सिफारिस


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 2.4K
    SHARES

काठमाडौं । कोरोना भाइरसको नयाँ लहर फैलिएर जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न आग्रह गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेत्र त्रिपाठीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा सिफारिसमाथि छलफल हुने बताएका छन् । मन्त्री त्रिपाठीका अनुसार नयाँ खाले ‘युके भेरियन्ट’को असर युवाहरुमा देखिएकोले पठनपाठन भर्चुअल माध्यमबाट गर्न विद्यालयहरु बन्द गर्न सिफारिस गरिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालय लगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ ।

वालवालिकाहरुलाई कुनै जोखिम नहोस भन्नेमा सरकार गम्भीर रहेको मन्त्री त्रिपाठीले बताए । स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने अवस्था फेरि भयावह हुने भएकोले विद्यालयका साथै सिनेमा हल, रेन्टुरेन्ट, धार्मिक स्थल, सपिङ महल र पार्टी प्यालेसहरु पनि बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको हो ।

केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएमा दोस्रो लहरको कोरोना महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ । पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएकोमा बिहीबार नेपालमा ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तर यता रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्ने स्वास्थ्य मन्त्रालयको सूचना भने बुधबार खारेज भएको छ । यसरी व्यवसाय बन्द गराउने भए मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयको सूचना बाध्यकारी नहुने सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् ।


     #पार्टी प्यालेस       #शैक्षिक संस्था     #सिनेमा हल       #सीसीएमसीलाई सिफारिस        #स्वास्थ्य मन्त्रालय


प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४