Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डले बादललाई सांसद पदवाट नहटाउनुमा लुकेको रहस्य यस्तो छ !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 7.4K
    SHARES

काठमाडौँ / नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा लागेका राम बहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीलाई  सांसद पदवाट हटाउने भन्ने जानकारी प्राप्त भएको थियो । तर अन्तिममा आएर माओवादी केन्द्रले ‘बादल’ लाई सांसद पदवाट आज नहटाउनुमा के रहस्य लुकेको छ ? भन्ने जस्ता जिज्ञाशा बढेको छ ।

के प्रचण्डले बादलप्रति भित्री मुटुको कुनामा रहेको पुरानो माया-पिरतीको कारणले गर्दा कारबाही नगरेका हुन् त ? जस्ता चासो रहेतापनि खास कुराको चुरो बिल्कुलै फरक रहेको छ । प्रचण्ड-बादलको मित्रताको सम्वन्ध कसरी पारपाचुके हुनपुग्यो सोको विषयमा आउनुस् यस विषयमा तल सविस्तारमा चर्चा गरौ ।

हुनपनि बादल तत्कालिन माओवादी केन्द्रमा रहँदा प्रचण्डका दाहिने हात जस्तै थिए । विगतमा जनयुद्धकालमा यी दुवै शीर्ष नेताहरु लामो समयसम्म संगै रहेपनि । तर जव नेकपा एमाले विभाजन उन्मुख हुने संकेत देखिन् थाल्यो, बादलले प्रचण्डको साथ छोडेर प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा हाम फाले ।

माओवादी केन्द्रवाट सांसद बनी मन्त्री भएर ओलीको गुठमा बादल गएपछि प्रचण्डको प्रेसर बढेर रिसले बादलप्रति आगो हुँदै गए । बादलले पनि प्रचण्डको साथ छोडेर उनलाई बेवास्ता गर्न थाले । यता ओलीले पनि बादललाई राम्रो सेक्युरिटी सहित एमालेको बाग्मती प्रदेशको संयोजक बनाइदिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट रामनारायण बिडारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य पदमुक्त गरेर उनको ठाउँमा गृहमन्त्री समेत रहेका थापालाई ल्याउने भित्रभित्रै तयारी गरिरहेकोले गर्दा रामनारायण बिडारी संसद पद पनि केहि समयपछि च्वाट हुने संकेत देखिएको छ ।

प्रचण्डनिकट बिडारीलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ७ गते कानुन विज्ञका रूपमा राष्ट्रियसभामा मनोनीत गरेकी थिइन् । सरकारकै सिफारिसमा नियुक्त भएकाले सरकारले फिर्ता गर्ने सिफारिस गर्ने बित्तिकै राष्ट्रपतिले बिडारीलाई पदमुक्त गर्न सक्ने भन्दै ओलीले बादललाई विश्वस्त बनाएका छन् ।

अव माओवादी केन्द्रले बादल सहितका नेतालाई सांसदबाट हटाएको एक-दुई दिनभित्रै बिडारीलाई हटाउने निर्णय गरिहाल्ने तयारी बालुवाटारको तयारी रहेको बुझिएको छ । बादललाई संसद्मा ल्याउन बिडारीलाई हटाउने अन्तिम तयारी भइरहेको बालुवाटार उच्च स्रोतले दावी छ ।

ओलीले आफूलाई अप्ठेरो परेको बेला संसद पद समेत जोखिममा राखेर काँध थापेको भन्दै एमाले उपाध्यक्ष र राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य बनाउने तयारी गरेपछि बादलले पूर्वमाओवादीमा नफर्कने निर्णयमा पुगेका थिए ।

दल त्याग सम्बन्धी व्यवस्था अनुसार बादल माओवादीमा नफर्किए पार्टीको सिफारिसमा सांसद पद जान्छ । यदि माओवादीले बादलसहित नेतालाई सांसदबाट हटाए ओलीले बादललाई राष्ट्रियसभामा लैजाने बचन दिइसकेका छन् ।

माओवादी केन्द्रले माओवादी छोडेर एमालेमा लागेका ४ जना मन्त्रीलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ । यद्यपि शुरुमा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्री हटाउने भनेपनि ४ जना मन्त्रीलाई मात्र सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको हो ।

तर माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य समेत रहेका ‘बादल’ भने आज कारबाही गरेनन् । प्रमुख सचेतक देव गुरुङका अनुसार बादललाई कारबाही गर्ने सम्बन्धमा संसदीय दलको नेता समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रशिक्षण कार्यक्रमका लागि उपत्यका बाहिर रुकुममा रहेकाले सचिवालयमा जानकारी गराउन बाँकी रहेको जानकारी दिएका छन् ।

उनका अनुसार राष्ट्रियसभातर्फ रहेका सांसदको हकमा अर्को दिन कारबाहीको पत्र पठाइने बताएका छन् । राष्ट्रियसभामा माओवादीबाट निर्वाचित रामबहादुर थापालाई पनि हटाउने माओवादीले निर्णय गरेतापनि त्यसको जानकारी केही दिनमा मात्रै संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४