Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के ‘सेक्स’को लत रोग हो ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २७ २०७७
  • 10.5K
    SHARES

अमेरिकाको एटलान्टा क्षेत्रमा भएको स्पा सेन्टरमा भएको गोलीबारीपछि एक युवक पक्राउ परे । युवक पक्राउ परेपछि ‘सेक्स एडिक्शन’ को विषय पुनः चर्चामा आएको छ । उक्त युवकले गोलीबारीपछि आफूलाई स्पा सेन्टर देख्दा यौन इच्छा तीव्र हुने भएकाले स्पाप्रति घृणा जागेर गोलीबारी गरेको प्रहरीसमक्ष बयान दिएका छन् । उनको तीव्र यौन इच्छा कै कारण उनलाई परिवारले घरबाट समेत निकालेका थिए । उनी घटौँसम्म ‘पोर्न फिल्म’ हेर्ने गरेको परिवारको भनाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्  । 

यो काण्डपछि विश्वभर नै ‘सेक्स’ को लत रोग हो ? भन्ने विषयमा चर्चा हुन थालेको छ । तर, विशेषज्ञ र मनोवैज्ञानिक चिकित्सकहरुले यौन इच्छा तीव्र हुने कारणले हिंसा हुन्छ भन्ने कुरा साँचो नभएको बताएका छन् ।

सेक्स’ लतको लक्षणः 
मानिसका अन्य लत जस्तै सेक्सको लत पनि एक हो । यसले मानव मष्तिष्कमा हाबी भएको हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार स्वास्थ्यकर जीवनका लागि यौन पनि आवश्यक हुन्छ । तर आवश्यकताभन्दा बढी यसमा चासो दिनु शारीरिक र मानसिक स्वास्थयका लागि बेफाइदा हुन्छ ।

यौनको लत लागेका व्यक्तिहरु जुनसुकै समयमा पनि यौनकै बारेमा सोचेर बस्ने गर्छन् । यस्ता व्यक्तिहरु कुनै न कुनै तरिकाले यौनजन्य क्रियाकलापमा नै लागिरहन्छन् । यति मात्र होइन यौनकै लागि आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनमा समेत क्षति पुर्याउँछन् । 

जो व्यक्तिमा यौनको लत लागेका व्यक्तिहरु दुईभन्दा बढी सम्बन्धमा रहने गर्छन् । यस्ता व्यक्तिहरु आफ्ना पार्टनरसँग कुनै पनि भावनात्मक रुपमा लगाव राख्दैनन् । कोही सेक्सको लत लागेका व्यक्तिहरु नियमित रुपमा व्यवसायिक रुपमा यौन कार्यमा संलग्नहरुकोमा जाने गर्छन् । साथै, साइबर सेक्स र पोर्नोग्राफीमा पनि लिप्त रहनेगर्छन् । यस्ता व्यक्तिहरु असुरक्षित सम्बन्धको खतरा पनि उठाउने गर्छन्  । यस्ता व्यक्तिहरुलाई भावनात्म सन्तुष्टि मिल्दैन । र, यौनसम्बन्धपछि अपराधबोध गर्छन् । 

यसको कारणः
यो लत लाग्नुको पछाडि कुनै पनि वैज्ञानिक कारण भने छैन । तर, थुप्रै प्रकारका मानसिक स्थितीहरु भने यो लत लाग्नुमा जिम्मेवार हुन्छन् । जस्तै, डिप्रेशन, एक्लोपन जस्ता कुराहरुले यौनजन्य बानीव्यवहार गर्नतर्फ उद्यत रहन्छन् ।

के भन्छन् विशेषज्ञ ?
विश्व स्वास्थ्य संगठनको इन्टरनेशनल स्ट्यास्टिकल अफ डिजिज (ICD10) र अमेरिकी साइकेट्रिस्ट एसोसिएशनले यौनजन्य बानीव्यवहारलाई कुनै पनि रोग नभएको बताएको छ । हरेक व्यक्तिको फरक फरक सेक्स ड्राइभ हुन्छ । सेक्सको लत लागेका व्यक्तिहरुको बारेमा सन् २०१९ मे विश्व स्वास्थ्य सम्मेलनमा यस्ता व्यक्तिहरुले कयौँपटक यौनसम्बन्ध राख्दा पनि सन्तुष्ट नहुने बताइएको थियो । 

सन् २०२२ मा आउने विश्व स्वास्थ्य संगठनको इन्टरनेशनल स्ट्यास्टिकल क्लासिफिकेशन अफ डिजिज (ICD11)मा यस विषयको नयाँ व्याख्या गरिएको छ ।

ICD11 मा भनिएको छ, ‘कम्पलसिभ सेक्सुअल’ बानी एक प्रकारको मानसिक असन्तुलन हो । जुन एकातर्फ मात्रै चल्छ । यसमा व्यक्तिले आफ्नो यौन इच्छालाई नियन्त्रण गर्न सक्दैन । यो बानी ६ महिनाभन्दा बढी भएमा यसको असर व्यक्तिको निजी जीवन, पारिवारिक, सामाजिक, शैक्षिक र व्यवसायिक क्षेत्रसम्म पर्न जान्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४