Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 3.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् ।

नेताहरुका अनुसार देउवाले भोलि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुवै दलको आधिकारिक धारणा माग्नेछन् ।

माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।

उनीहरुले रेशम चौधरीलगायतका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई मुद्दा बनाएका छन् ।

कांग्रेस नेताहरुले रेशमको रिहा बाहेकका मुद्दा सम्बोधन गर्न तयार रहेको बताएका छन् । सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि तीन दल ओलीको विकल्प खोज्न तयार भए न्यायोचित विषय अगाडि बढाउन सकारात्मक रहेको बताए ।

माओवादी केन्द्रका एक नेताका अनुसार भोलि हुने छलफलले नयाँ सरकार बन्ने नबन्ने टुंगो लाग्नेछ । ‘जसपाले एकाध दिन समय माग्यो भने बेग्लै हो, नभए सरकार बनाउने वा नबनाउने टुंगो लगाउन चाहन्छौं’ उनले भने, ‘तीन दलबीच सहमति नहुने हो भने हामी समर्थन फिर्ता लिएर आगाडि बढ्न चाहन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४