Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुन : कोरोना संक्रमणको ‘हट स्पट’ बन्दै वीरगञ्ज


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 2.8K
    SHARES

वीरगन्ज (पर्सा) । तराईको महान पर्व होली सकेसँगै वीरगन्ज पुनः कोरोना संक्रमणको हट स्पट (केन्द्र विन्दू) बन्दै गएको छ । विगत एक साताको कोरोना परीक्षणको रिपोर्ट अनुसार दिन प्रतिदिन कोरोना संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गएको छ ।

नारायणी अस्पतालमा सञ्चालित पीसीआर परीक्षणको रिपोर्ट अनुसार एक सातायता बारा, पर्सामा कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बढ्न थालेको छ । यही चैत १५ गतेदेखि नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणको क्रममा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रिपोर्टका अनुसार चैत १५ गते पर्साका ६ जना, चैत १८ गते पर्साका ६ र बाराका २ गरि ८ जना, चैत १९ गते पर्साका १ र बाराका १ गरि २ जना, चैत २० गते पर्साका ८ जना, चैत २२ गते पर्साका २ र बाराका १ गरि ३ जना, चैत २३ गते पर्साका ६ र बाराका १ गरि ७ जना, चैत २४ गते पर्साका १० र बाराका ३ गरि १३ जना एवं चैत २५ गते पर्साका १, मकवानपुरका १ र बाराका १३ गरि १५ जनामाका कोरोना संक्रमण पुष्टि भएको हो ।

यो तथ्याङ्कलाई हेर्दा एक सातादेखि बारा र पर्सामा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले जानकारी दिए । उनका अनुसार भारतको विभिन्न प्रान्तमा दोश्रो भेरियन्टको कोरोना धमाधम बढि रहेको अवस्थामा नेपाल भारत खुल्ला सिमाना भएको बारा पर्सा पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै वर्तमान अवस्थामा भारतबाट आउनेहरुको चेकजाँचमा कडाई गरिएको समेत बताए ।

जिल्लामा कडाई गर्नुभन्दा पनि सीमा क्षेत्रमा कडाई गरे कोरोनाको दोश्रो भेरियन्टको संक्रमण नफैलिने नेपाल सरकारको निर्णय अनुसार नेपाल भारतको सिमाना इनर्वास्थित वीरगन्ज महानगरपालिकाको पहलमा ३ जना चिकित्सक सहितको एउटा हेल्थ डेक्स सञ्चालन गरिएको बताए ।

दैनिक हजारौं मान्छेहरु ओहर–दोहर गर्ने नेपाल भारत सीमा क्षेत्रमा सबैलाई चेकजाँच गर्न नसकिने अवस्था रहेको भन्दै प्रमुख चौरसियाले शंकास्पद व्यक्तिलाई मात्रै चेकजाँच गर्ने गरिएको र भारतको कोरोना हटस्पट स्थानबाट आउनेहरुलाई पनि विशेष चेकजाँच गर्ने गरिएको बताए ।

उनका अनुसार भारतबाट आउनेहरुलाई सुरक्षाकर्मीको सहयोगमा रोकेर सोधपुछ गर्ने र भारतबाट आएकाहरुलाई एन्टिजेन टेस्ट तथा मलेरिया ज्वरो चेकजाँच गर्ने गरिएको बताए । यी दुईवटा टेस्टमा संक्रमण पुष्टि देखिएपछि नारायणी अस्पतालमा सञ्चालित आइसालेशन वार्डमा राखी पीसीआर परीक्षण गर्ने गरिएको बताए ।

कोरोना सक्रमणको आशंका रहेको तर लक्षण नरहेकाहरुलाई वीरगन्ज महानगरपालिकाको पहलमा गोपाल मण्डली र कलवार धर्मशालामा संचालन गरिएको क्वारेन्टाइनमा एवं होम आइसोलेशनमा समेत राख्ने गरिएको एवं संक्रमण पुष्टि भएकाहरुलाई नारायणी अस्पतालको आसोलेशनमा राखेर उपचार गरिँदै आएको बताए ।

हालसम्म पर्सा जिल्लामा ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार १ सय ८१ जनाको निको भइसकेको छ । यसैगरि पर्सामा कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भइसकेको छ भने ३७ जना संक्रमित होम आइसोलेशनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४