Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको कुर्सी बचाउने वा सरकार बदल्ने हाम्रो प्राथमिकता होइन : वृषेशचन्द्र लाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता वृषेशचन्द्र लालले आफ्नो पार्टीको एजेण्डा सरकार परिवर्तन वा सरकारलाई निरन्तरता दिनेभन्दापनि मुद्दा सम्बोधन नै मुख्य रहेको स्पष्ट पारेका छन् ।

विहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले भने, ‘हाम्रो एजेण्डा स्पष्ट छ, हामी सरकार पविर्तन गर्ने वा नयाँ सरकार बनाउने भन्ने होइन, हामीलाई हाम्रो मुद्दा सम्बोधन गर्नुपर्छ ।’

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, झुठा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाई हुनुपर्ने पनि सुनाए । उनले भने, ‘हाम्रो संघर्ष भनेको यो सरकारलाई परिवर्तन गर्नमात्रै होइन ।’

उनले आफूहरुले माग पूरा गराउनको लागि राज्यसँग वार्ता गर्नुपर्ने भएकोले सोहीअनुसार अहिले सरकारसँग वार्ता भइरहेको पनि विश्वास दिलाए । उनले भने, ‘हाम्रा वार्ताकारहरु उत्साही हुनुहुन्छ । अहिले हामी माग पूरा हुनेमा विश्वास गरिराखेका छौं ।’

उनले आफूहरु कसैलाई पनि समर्थन गर्ने पक्षमा नरहेको भन्दै तटस्थ रहेको बताए । उनले आफूहरुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि कुरा गरिराखेको सुनाए ।

उनले भने, ‘हाम्रो माग राष्ट्रिय मुद्दा हो । ठूला दलहरुले यी माग पूरा गर्ने सवालमा सार्वजनिक रुपमा आफ्नो धारणा राख्नुभएको छैन् । तर, सरकार बनाउनको लागि संख्या पुर्याउने खेलमा हामी यसमा सहमत छैनौं ।’

वैकल्पिक सरकार किन बनेन ? भनेर आफूहरुलाई नसोध्नपनि उनले आग्रह गरे । उनले भने, ‘यसमा हामीलाई दोष नदिउँ । हामी त प्रष्ट छौं । हाम्रो माग पूरा हुनुपर्छ । समर्थन फिर्ता नलिनेहरुलाई पनि म भन्न चाहन्छु कि गठबन्धनको आधार के हुन्छ ? कुरा त प्रष्ट आउनुपर्यो नि । कुर्सी बचाउने वा सरकार बदल्ने हाम्रो प्राथमिकता होईन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४