Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता एकैपटक हुन्छ : देवेन्द्र पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 2.3K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन यथाशक्य चाँडो फिर्ता लिने स्पष्ट पारेका छन् । उनले सरकारलाई दिएको समर्थन फिर्ता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव एकै पटक आउने पनि विश्वास दिलाए ।

उनले आफूहरु वर्तमान सरकारलाई विस्थापित गर्ने कुरामा स्पष्ट भैसकेको जनाए । तर, सत्ता समीकरणको निर्णायक शक्ति जनता समाजवादी पार्टी, नेपाल भने अन्यौलमा रहेको उनको भनाइ थियो

वर्तमान प्रधानमन्त्री ओलीले जनमतको अपमान गरेको उनको आरोप छ । विहीबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले भने, ‘उहाँले जनमतको सम्मान गर्नसक्नुभएन, सरकार र संसद्को राम्रो व्यवस्थापन पनि गर्न सक्नुभएन, पार्टीको त झनै गर्न सक्नुभएन ।’

पुष ५ गते संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध आफूहरु सडक संघर्षमा गएको र त्यतिवेला प्रधानमन्त्रीको कदमको विरोध कांग्रेस र माओवादी केन्द्रले पनि गरेको उनको भनाइ छ ।

उनले संसद पूनःस्थापना भएपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो भन्ने धारणा राखे । अहिलेपनि प्रधानमन्त्री ओलीले संसद् विघटन ठीक थियो र फेरि पनि ताजा जनादेशमा जानुपर्छ भनेर भन्ने गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई खेलाँचीको संज्ञा दिए ।

उनले प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी र पद जोगाउनको लागि अस्थायी प्रकृतिको तमसुक गर्न खोजिरहेको पनि आरोप लगाए । उनले भने, ‘उहाँले गर्ने अस्थायी प्रकृतिका सम्झौताले समस्याको समाधान हुँदैन् । सहमति कार्यान्वयन गर्ने सवालमा प्रधानमन्त्री ओली उदासीन हुनुहुन्छ । सरकारको आयु लम्ब्याउन उहाँले पद बाँड्ने र लोभ र लालच देखाउने र आश्वासन बाँड्ने काम गर्दै हुनुहुन्छ ।’

उनले मुद्दाको हिसाबले सहकार्य हुनुपर्नेमा जोड दिँदै कांग्रेस, माओवादी केन्द्र र जसपा मिल्नुपर्ने धारणा राखे । उनले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताए । आफ्नो पार्टी यो विषयमा स्पष्ट रहेको उनले सुनाए । आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकोले अब केही दिनभित्रै समर्थन फिर्ता लिइने पनि उनले जनाए ।

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता एकैपटक हुनेपनि उनले स्पष्ट पारे । उनले भने, ‘प्रधानमन्त्रीसँग हाम्रो विश्वास टुटेको छ । कांग्रेस दोस्रो ठूलो दल हो, उसले सरकारको नेतृत्व लिनेगरि पहलकदमी र नेतृत्व लिनुपर्छ । हामीले कांग्रेसलाई सरकारको नेतृत्व लिनुपर्छ भनेका छौं ।’

आफूहरुले जसपालाई पनि प्रधानमन्त्री ओलीसँग उधारो सहमति नगर्न सुझाव दिएको पनि पौडेले सुनाए । उनले भने, ‘बरु, हामीले त सरकार बनाउनुपर्छ, आँफै समस्याको समाधान गरौं भनेका छौं । संयुक्त सरकार बनाउनुपर्छ ।’

नेता पौडेलले प्रदेश सरकारमा आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेकाहरु गणित नपुगे हट्ने स्पष्ट पारे । उनले केन्द्रीय सरकार बनाउनको लागि गणित पुग्ने विश्वास दिलाउँदै छिट्टै नयाँ सरकार बन्ने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४