काठमाडौं । मुलुकमा थप ३ सय ३२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ३ सय ३२ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७९ हजार १०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७९ संक्रमित निको भए, ० को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७९ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७३ हजार ६०८ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २३ लाख ०२ हजार १७३ जनाको पीसीआर परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।