Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिद्धार्थनगरमा लीलाराम न्यौपाने आकस्मिक कक्षको उद्घाटन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 6.3K
    SHARES

काठमाडौं । भीम अस्पतालमा लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले निर्माण गरेको लीलाराम न्यौपाने आकस्मिक कक्षको उद्घाटन गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले शीलापत्रको अनावरण तथा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । समाजसेवी लीलाराम न्यौपानेको ९२औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहमा मुख्यमन्त्री पोखरेलले भवनभित्र स्थापित न्यौपानेको सालिक अनावरण गर्नुभयो ।

कार्यक्रममा पोखरेलले समाजसेवी लीलाराम न्यौपाने र उहाँका परिवारबाट भएको पुनित कार्यले समाज लाभान्वित हुने धारणा राख्दै धन हुनेहरूले न्यौपाने परिवारबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । प्रतिष्ठानद्वारा तीन करोड पच्चीस लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवनमा सम्पूर्ण उपकरण जडानसहितको पच्चीस शैय्या रहेको छ ।

कार्यक्रमम सहभागी अतिथीहरूले समाजसेवी न्यौपानेको योगदानको चर्चा गर्दै राष्ट्रकै अनुकरणीय तथा प्रशंसायोग्य व्यक्ति भएको उल्लेख बताएका थिए । प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज वि.क. लाई नवनिर्मित आकस्मिक कक्ष (भवन) को साँचो हस्तान्तरण गर्नुभयो ।

सर्वोत्तम सिमेन्टका तर्फबाट विष्णु न्यौपानेले सुनवल नगरपालिकामा १५ शैय्याको अस्पताल निर्माण गर्नका लागि सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई प्रतिबद्धतापत्र हस्तान्तरण गर्नुभयो ।

प्रतिष्ठानले समाजसेवा, शिक्षा, साहित्य, संस्कृति, धर्म, खेलकुदलगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने संस्था र प्रतिभालाई सम्मान, पुरस्कार र सहयोग प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४