मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागी स्थगित भएको छ ।
बिहीबार दिउँसो ११ बसेको प्रदेश सभाको बैठकमा विशेष समयमा ४ जना प्रदेश सभा सदस्यहरुले बोलेपछि माओवादी केन्द्रका सांसदहरूले बैठक अवरुद्ध गर्न खोजेका थिए । माओवादी केन्द्रका सांसदहरुले बैठक अवरुद्ध गर्ने संकेत देखाएपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभको बैठक अर्को सुचना जारी नभएसम्मका लागि स्थगन भएकाे घाेषणा गरेका हुन् ।
बैठकको विषेश समयमा बोल्दै प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य ईन्द« बहादुर बाँनियाले सरकारले पुर्वाधार, आर्थिक प्राविधिक पारदर्शिताको बिश्लेषण नै नगरी एकलौटी ढ्गले विद्युतिय बस खरिद गर्न लागेको भन्दै सरकारले जनतालाई सदन मार्फत त्यसको बिश्वश्नियताको पुष्टि गनुपर्ने बताए ।
यस्तै उनले सरकारले एकलौटी निर्णय गरेर मदन भण्डारी फाउन्डेशनलाई दिएको ५० लाख रुर्पाँैयाको औचित्य पुष्टि गर्न समेत सरकारलाई खबरदारी गरेका छन् ।
यसैगरी विवेकशील साझा पार्टीका प्रदेश सभा सदस्य रमेश पौडेल ,नेपाल मजदुर किसान पार्र्टीका सुरेन्द«राज गोसाई र राप्रपाकी प्रदेश सभा सदस्य रिता माझीले कारोना भाईरसको दाेस्रो लहर सुरु भएपछि छिमेकी देश भारतमा संक्रमितको संङख्या बढेको अवस्थामा नेपालमा समेत जोखिम बढीरहदा प्रदेश सरकारले स्वास्थ सर्तकतामा कुनै चासो नदिएको आरोप लागाएका छन् ।