काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक हजारले बढेर ८९ हजारमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाला सुन तोलाको ८८ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य वृद्धि भएर प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।