Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीद्वारा कारबाही गरिएका ४ मन्त्रीको सांसद पद गुमेकाे घाेषणा हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 5.2K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कारबाही गरेका ४ जना मन्त्रीको सांसद पद गुमेकाे घाेषणा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका ती मन्त्रीहरु माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका थिए । सोही क्रममा माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुको सांसद पद गुमेको हो ।

माओवादी केन्द्रले पठाएको पत्रअनुसार सभामुख अग्निप्रसाद सापकोटाले हाल ओली सरकारमा रहेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साह संसदको सदस्य नरहेको घोषणा गर्ने बताइएको छ ।

गत मंगलबार माओवादी केन्द्रले उनीहरुलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा साविक नेकपाका केही मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । सोहीक्रममा माओवादी खेमाका यी मन्त्रीहरु सरकारमा गएका थिए ।

दिउँसाे १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४