काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन आज भइरहेको छ । देशभर भइरहेको चुनावमा १३ हजारभन्दा बढी पत्रकारहरू महासंघको निर्वाचनमा सहभागी रहेका छन्।
महासंघको अध्यक्षमा बिपुल पोख्रेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकीले उम्मेदवारी दिएका छन्। महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ सुरु भएको हो । पहिलोपटक महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व छान्न लागेको हो । मतदान सकिएलगत्तै मतगणना शुरु गरिने छ ।