Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डढेलो नियन्त्रण र व्यवस्थापनमा प्रयोग हुने सामाग्री सुरक्षा निकायलाई हस्तान्त्रण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २५ २०७७
  • 5.7K
    SHARES

पाल्पा । पाल्पामा डढेलो नियन्त्रण र व्यवस्थापनमा प्रयोग हुने सामाग्री जिल्लाका सुरक्षा निकायहरूलाई हस्तान्तरण गरिएको छ । जिल्ला वन कार्यालय पाल्पाको समन्वयमा सामूदायिक वन उपभोक्ता समूहद्वारा डढेलो नियन्त्रणको लागि ३ लाख ३५ हजार बराबरको सामाग्री जिल्लाका सुरक्षा निकायहरूलाई गराइएकाे हाे ।

रिब्दीकोट सव डिभिजन वन कार्यालय अन्तर्गतका २१ वटा सामूदायिक वन उपभोक्ता समूह र तानसेन सव डिभिजन वन कार्यालय अन्तर्गतका २२ वटा सामूदायिक वन उपभोक्ता समूहद्वारा संकलित अग्नी नियत्रण सामाग्री गोरखदल गण, जिल्ला प्रहरी र सशत्र प्रहरी वल गुल्म पाल्पालाई हस्तान्त्रण गरिएको हो ।

 

उपभोक्ता समूहले नियन्त्रण र व्यवस्थापनमा  आवश्यक पर्ने रेक १५/१५ सेट, स्वाटर १५/१५ सेट, हेलमेट ३०/३० वटा र जम्प सुट ४/४ सेट सुरक्षा निकायहरूलाई दिइएको छ ।

हस्तान्त्रण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले गत वर्षको तुलनामा यस वर्ष देशव्यापी रुपमै ठूलो मात्रामा आगलागी भइरहेको र जिल्लामा पनि यो समस्या आइपरेको बताउनुभयो ।

उहाँले सुरक्षा सामग्री वितरणको कार्य सराहनीय भएको वताउँदै उपभोक्ता समितीहरुलाई धन्यवाद ज्ञापन समेत दिनुभयो ।

 

कार्यक्रमा पाल्पा डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत डा मोहन पौडेल गर्मी तथा खडेरी मौसमको समयमा कुनै पनि वेला जाँहा पनि आगलागी हुन सक्ने र त्यसको नियन्त्रणको लागी हरदम सुरक्षा निकायलाई नै गुहाुर्न पर्ने बाध्यता रहेको बताए ।

डढेलो नियन्त्रणका लागि अत्यावश्यक सामाग्री सुरक्षा निकायलाई प्रशस्तमात्रामा उपलब्ध गराउन नसकिए पनि थोरै मात्रा भएपनि कार्यालयको समन्वयमा उपलब्ध गराएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४