Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना खोप सहज बनाउन संसदीय समितिको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले नागरिकले सहज र सरल तरिकाले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबारको बैठकमा कोभिड–१९ को सम्बन्धमा सरकारको तयारी र खोप सम्बन्धमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँग छलफल गरेपछि खोप अभियानलाई सहज र सरल बनाउन निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले खोपको विषयमा अहिलेसम्म सरकारले राम्रो काम गरिरहेको भएपनि सबै नागरिकले खोप पाउने सुनिश्चितता गर्ने गरी थप कार्य गर्न निर्देशन दिइन् ।

कोभिड–१९ संक्रमण भएका बिरामीले अस्पतालमा सहजै आईसीयू र अक्सिजन पाउने सुनिश्चितता गर्न समेत समितिले निर्देशन दिएको छ । यस्तै कोरोनाको दोस्रो लहर आउने देखिएकाले अहिलेदेखि नै आइसोलेसन र क्वारेन्टिनको निर्माण गर्न र त्यसको व्यवस्थापनमा गम्भीर बन्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

अस्पतालहरुमा दक्ष जनशक्ति व्यवास्थापन गर्ने कुरामा विशेष जोड दिएर अगाडि बढ्न पनि समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४