Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्रिकेट स्टेडियम र धुर्मुस सुन्तलीको सकस


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 5.1K
    SHARES

सञ्जिव कार्की


भूकम्पले थिलथिलो पारेको काभ्रेको पाँचखाल स्थिति पहरी वस्तीमा भूकम्प पिडितको लागि एकीकृत नमूना वस्ती ६७ लाखको लागतमा निर्माण गरेर पहिलोपटक लोकप्रिय कलाकार धुर्मुस सुन्तली अर्थात् सिताराम कट्टेल र कुन्जना घिमिरेले २० वटा घर हस्तान्तरण गरेका थिए जुन कामको लागि सहयोग पनि सजिलै उठेको थियो ।

पहरी बस्ती निर्माणको सफलतापछि त्यो प्रेरणा र उत्साहले सामाजिक सेवामा दत्तचित्त बनेर सिन्धुपाल्चोक जिल्लाको गिरानचौरमा अर्को महत्वाकांक्षी योजना शुरु गरे । र, छोटो समयमा सम्पन्न गरे जहाँ ६६ वटा घर निर्माण गरिएको थियो यही हौसला,,जोशलाई रोग, भोक, अशिक्षा र अभावले थला परेका महोत्तरी जिल्लाको बर्दिवासमा मुसहर समुदायको झुपडीलाई तीन महिनामै आकर्षक पक्कीघर बनाएर समर्पण गरे ।

पुस्तौंदेखि गरिबी र अभाव अनि सामाजिक दुर्व्यबहारले अस्तित्व विहीन जीवन बाँच्दै आएका मुसहर समुदायलाई अत्याधुनिक नमुना वस्ती ५० आवाशीय घर सहित सामुदायिक भवन, बाल उद्यान,मन्दिर,भ्यु टावर प्रतिक्षालय समेत बनाएर उनीहरुको श्रम दान सहित करिब पांच करोड संकलन गरेर उदाहरणीय काम गरेर आफ्नो सामाजिक दायित्वलाई पुरा गरेर देश बिदेशका नेपाली माझ वा ! वा !! वा !!! बटुलेका थिए । सारा देसले प्रशंसा गरेको थियो र सहयोग जुटाउन हातेमालो गरेको थियो । यही प्रशंशा र स्याबासीलाई उपयोग गर्दै अर्को असाध्यै ठूलो परियोजनाको उदघोस गरेर धुर्मुस सुन्तली फाउन्डेसन चितवनको भरतपुरमा क्रिकेट रंगशाला निर्माण गर्न आफ्नो श्रम, सीप, ख्याती, सम्पति लगाउन पुग्यो ।

कतिपय राम्रै काम गर्दा त्यसको नियत ठिक हुँदा हुदै पनि काम छनौट र ठाउँ छनौटमा ध्यान नपुर्याउदा उदेश्यमा पुग्न कठिन मात्रै हुँदैन अनेकन विवाद र असहजताको सामना गर्नुपर्ने हुनसक्छ । असल मनसाय मात्रै भएर पुग्दैन उचित सावधानी र दृष्टिकोण पनि आवश्यक हुन्छ । धुर्मुस सुन्तली फाउन्डेसनले जुन लक्ष्य र पवित्र ध्येयका साथ सुकर्म गरेको भएता पनि त्यो नेपालको प्राथमिकता र टडकारो आवश्यकता भन्दा अलि परको विषय भएको बुझाई आम मान्छेको रहेको देखिन्छ चितवन भरतपुरमा बन्दै गरेको रंगशाला बारे । कामको प्राथमिकीकरणको सवालमा राजनीति देखि रास्ट्रिय योजना आयोग हुँदै बिभिन्न संस्था र व्यक्ति पनि चुक्ने गरेको कारण काम समयमा नहुनु देखि काम गर्दा ठेश लागेर बारम्बार लड्नु पर्ने परिस्थिति खडा भएको छ । समस्या र आवश्यकता पहिचान गरेर तदनुकुल कार्य योजना साथ काम नहुनु देशकै एक गम्भीर रोगको रुपमा बुझ्नु पर्ने हुन्छ । त्यही आम रोगको शिकार धुर्मुस सुन्तुली फाउन्डेसन पनि भयो भन्ने मान्छेहरुको बुझाइमा सत्यता देखिन्छ ।

एउटा ख्यातिप्राप्त कलाकारले देशको लागि काम गर्नु र खेल क्षेत्रकै लागि ऐतिहासिक काम गर्नु निश्चयनै असहमति गर्ने कुरा होइन तर काम गर्नु अघि र पछिको बारेमा ग्राउण्ड रियालिटी नबुझी भावनात्मक बहकाउमा परेर झटपट निर्णय गरिहाल्नु चै त्यति मनासिब हुदैन । दुरगामी प्रभाव पार्ने काम र निर्णयको बारेमा फैसला गर्दा भावना भन्दा यथार्थलाई सहारा लिनु बेस हुन्छ । झट मागी पट बिहेको शैलीमा भएको स्टेडियम निर्माणको हतारोले धुर्मुस सुन्तलीलाई आज अत्यन्तै असहज स्थिति पैदा भएको कुरा घाम जत्तिकै छर्लंग छ । यद्दपि लत्तो छोड्ने र परियोजना त्याग्ने स्थिति होइन तर एक कलाकारको उर्बर समयमा बिलम्ब भएको र अनेकन झमेला तनाव र समुचित वातवरण नपाउनु दुर्भाग्यको विषय हो । सिर्जनशील दिमागलाई भार पर्नु हो त्यो भारको क्षति आम नेपालीको ।

धुर्मुस सुन्तलीको रचनात्मक कलाकारिता हेर्ने धोकोमा पर्न जान्छ । तसर्थ व्यक्ति धुर्मुस सुन्तलीको तनाव देसको तनावको एक हिस्सा पनि हो ।

यसर्थ सार्वजनिक र लोकप्रिय व्यक्तित्व हुनुको नाताले धुर्मुस सुन्तलीले आफ्नो सामाजिक र परोपकारी काम ठूलो स्केलमा गर्दा नजर अरु विस्फारित बनाउनु जरुरि थियो ।

तर कहिलेकाँही भावना र निरन्तर तीन वटा काममा पाएको सफलताले आफूले गर्ने कामको बारे सम्भावित चुनौती र व्यवधानलाई कम लाग्यो ।

हौसला र धापले हौस्यायो र राज्यले आक्न नसकेको कुरामा हिम्मत दियो । राज्यको आफ्नो पहल र प्रत्यक्ष लगानीको काठमाडौं मूलपानीमा बन्दै गरेको दशक अघिको स्टेडियम करिब करिब बेबारिसे र अधकल्चो भएको बेला त्यताको मुल्यांकन नगरी चितवनमा निर्माण शुरु गर्नु कति जोखिम र भारको विषय हो लेखाजोखा भएन ।

अर्थ संकलन कति अप्ठ्यारो हुन्छ त्यो मात्र होइन स्थान छनोटको विषयमा कति गम्भीरतापूर्वक लिइयो रु व्यापक चर्चा गुनासो र बिरोध छ कृषि क्याम्पसको जग्गा किन खेल मैदानको लागि प्रयोग गरियो रु किन रंगशाला बनाउदा क्याम्पसको स्वीकृति लिने काम गरिएन रु खेल मैदानको लागि चितवनको मेघौलीमा प्रसस्त जमिन पाउदा पाउदै किन कृषि क्याम्पसको प्रयोजनमा रहेको जमिन हडपेर खेल मैदान बनाउन प्रयोग भयो रु कृषि बिषयको बिद्यार्थीहरुको लागि प्राक्टिकल गर्न बिउ बिजन उत्पादन गर्न र प्रयोगशाला बनाएर रिसर्च गर्न छुट्याएको जमिन ध्वस्त पारेर खेल मैदान बनाइनु बिकासको मानक हुन्छ र रु अन्तर्राष्ट्रिय स्तरको र अन्तर्राष्ट्रिय चर्चाको प्रोजेक्ट कै लागि काम गर्नु थियो भने मेघौली किन अपायक र असान्दर्भिक भयो रु निरन्तर र सर्वत्र प्रश्नहरु उठेका छन्

आर्थिक अभाव र अन्योल बीच यी प्रश्नहरुको समुचित जबाफ आज खोजी भैरहेछ िकोही बिरोधको लागि बिरोधमा छन् भने कोही समर्थनमा नाजायज र अप्रासंगिक तर्क गर्दैछन यी दुवै अतिवाद र अतिशयोक्ति हुन्

हरेक समस्याको समाधान हुन्छ नै यो विषयको पनि समस्या र सामाधान छ । तर उत्तेजना र विवेक शुन्य भएर कुनै पनि कुराको सामाधान निस्कन सक्दैन धुर्मुस सुन्तलीलाई परेको चरम आर्थिक समस्याको कारण पनि वचन वद्द्तामा चुकेको प्रणाली र व्यक्तिको निष्ठा र समर्पण पनि हो । लहै लहै र क्षणिक नामको लोभमा सहयोग घोषणा गर्ने तर पूर्वप्रतिबद्द्तामा अडन नसक्ने बानी र राज्यका निकायका गैर जिम्म्बेवारी पनि कम जिम्मेवार छैनन् ।
कानूनी प्रक्रिया पुरा भयो भएन रु कानुन सम्मत नै भए पनि यो स्थान उचित हो होइन रु या खेलकुदको रंगशाला भन्दा कृषिको प्रयोगशाला चै उपयुक्त थियो कि या मुगु डोल्पा र बझांग बाजुरामा अस्पताल रु समय सापेक्षतामा क्रिकेट महत्वपूर्ण कि मान्छे बचाउने जीवन जल र सिटामोल राज्यले सुझाउन सक्नु पर्थ्यो ।
यसर्थ राज्य पनि दोष रहित छैन । राज्यको प्राथमिकताको सूची अनुसार काम गराउन सक्नु पर्थ्यो । कुनै पनि कामको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन फाइदा बेफाइदा बारे राज्यले नीति बनाएर काम गर्न दिनुपर्छ ।
आगामी वर्ष मुख्य मैदानमा नै क्रिकेट खेल्न सकिने विश्वासका बीच काम हुदै गरेको धुर्मुस सुन्तली फाउन्डेसनलाई अब बिरोध र व्यवधान गरेर होइन आर्थिक भार कम गराएर काम सम्पन्न गरेर छिटो कलाकारितामा फर्कने समय दिनुपर्छ ।
सांसद मंत्री र बिभिन्न सरकारी निकायले बोल कबोल र सार्वजनिक घोषणा अनुसार रकम दिंदा फेरी रकम जुटाउन धुर्मुसलाई मेची महाकाली देउसी भैलो गर्ने आवश्यकता पर्दैन थ्यो ।
धुर्मुस सुन्तलीले स्थान छनोट र आजको आवश्यकता पहिचान गर्न नसकेर रोजेको सामाजिक कार्यबाट भोलिको दिनमा सरकार र अन्य सरोकार वालाले पाठ सिक्न जरुरि छ ।

क्रिकेट मैदान र भ्यु टावर आज पनि केवल नेपालको हकमा सौख र फजुल खर्च हो भने अस्पताल स्कुल र कृषि प्रयोगशाला अनिवार्य खाँचोका विषय हुन् ।
यद्दपि धुर्मुस सुन्तलीले जुन अभिलाषा र विश्व क्रिकेटको चमक धमकमा नेपाललाई पनि चिनाउने र योगदान दिने संकल्प गरेर मैदान निर्माणको अठोट गरे त्यो बन्दनीय छ स्त्युत्य छ ।

दुरगामी छ आलोचना मात्रै नगरौ । बिषय छनोटको असावधानी नै पवित्र कर्म र उदेश्यले छायाँमा पार्ने नियतिको शिकार बन्न नदिनु नै बुद्दिमानी हुनेछ ।

धुर्मुस सुन्तलीको सकसलाई साथ र सहयोग गरेर सिर्जनात्मक कलाकारितामा छिटो फर्काउ । क्रिकेटप्रेमीको सपना र उदेश्यको कदर गरेर क्रिकेटरहरुले पनि यो अभियानमा मुखले होइन मनले साथ दिनु जरुरि देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४