Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपालले कार्यकर्तालाई भने : निर्वाचन आयोगले ओलीलाई वैधानिकता दिएपनि नआत्तिनुस् !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 4K
    SHARES

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले केपी शर्मा ओलीलाई वैधानिकता दिएपनि नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरेका छन ।

मंगलबार आफ्नो समूह निकट बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आयोगले केपी ओलीको निर्णयलाई वैधानिकता दिए नआत्तिन आग्रह गरेका हुन् । समस्या आएमा समाधान पनि निकाल्ने भन्दै उनले भने, ‘तपाईंहरु र हामी एउटै डुङ्गामा सवार भएका छौं, त्यो डुङ्गालाई सफलताका साथ वारीबाट पारी पुर्‍याइछाड्ने छौं । लक्ष्यसम्म पुगिछाडने छौं । आत्तिनुपर्ने केही छैन ।’

सर्वोच्चको फैसलाले एमाले पुनर्जिवित भएपछि ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरुको मात्र वैठक राखेर विधान संशोधन, पदाधिकारी खारेज, माओवादीबाट आएका नेताहरुलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसलाई वैधानिकता नदिन माग गर्दै नेपाल समूह आयोग गएको छ ।

लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकतावद्ध भएर जान चाहेको र दलहरुसँग सकारात्मक कुराकानी भएको उनले बताए । ‘संयुक्त जनमोर्चासँग कुरा गर्‍यौं, उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, नेकपा माओवादी मोहन वैद्यजीहरुको समूहसँग कुरा गर्‍यौं, उहाँहरुपनि सकारात्मक हुनुहुन्छ, अरु लोकतान्त्रिक पार्टीहरुपनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ’ उनले भने, हामी सबै सकारात्मक शक्तिहरुसँग एकतावद्ध भएर जान चाहन्छौं । हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन ।’

अगाडि बढ्ने क्रममा कसैले वाधा अवरोधहरु खडा गर्‍यो भने त्यसविरुद्ध जुध्न पनि तयार रहेको नेता नेपालले बताए ।

ओली व्यक्तिवादी, आदेश र निर्देशनमा विश्वास गर्ने व्यक्ति भएको र आफूहरुलाई कारबाही गरेर वास्तविक स्वरुप देखाएको उनले बताए ।

अहिले मानिसहरुले ओलीलाई देशको हितमाथि कुठाराघात गर्नुपर्ने हो कि ? संविधान नै समाप्त पारिदिने हो कि ? संघीयता नै निलिदिने हो कि ? गणतन्त्र नै खाइदिने हो कि ? ४७ सालको संविधान व्यूँताउने हो कि ? देशलाई विभिन्न जातीय आधारमा खण्ड विखण्ड पारिदिने हो कि ? धार्मिक हिसाबले पुरै एउटा राज्य एउटा धर्मको देश बनाएर अरु धर्मका मान्छेहरुलाई अत्यन्तै असहज अवस्थामा बस्ने स्थितिमा पुर्‍याइदिने हो कि जस्ता आशंकाका साथ हेरिरहेको नेता नेपालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४