Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्माण गर्दागर्दै भत्कियो त्रिशुली नदीमाथिको पक्की पुल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 4.5K
    SHARES

चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन अवस्थामा रहेको पुल भत्किएको छ । २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको ८० मिटर लम्बाई भाग भत्किएको हो । चितवन भरतपुर महानगरपालिका को वडा नम्बर एकको ठीमुरा र देवघाट गाउँपालिका वडा नम्बर पाँच घिनटार जोड्ने सो पुलको पिलरको काम सकिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको थियो।

इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको दिनमा आज भत्किएको कार्यालयका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुल भत्किँदा अर्को बनिसकेको ४० मिटर भाग समेत भत्किएको हो ।साधारणतया २८ दिनमा पुलको ढलानका सपोर्ट निकाल्ने गरिने भए पनि ट्रसको काम गर्ने क्रममा २१ दिनमै ढलान मा धक्का पुगेकाले पुल भत्किएको हुन सक्ने अनुमान गरिएको छ।
पुलको एक खण्डमा ट्रसको काम भैरहेको थियो । पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्दै थियो । सो ट्रसलाई लिफ्ट गर्दा ढलान गरिएको पुलमा धक्का पर्न गएकाले भत्किएको हुनसक्ने प्रमुख अधिकारीको आँकलन रहेको छ ।

ठेकेदारले समयमा नै काम नसकेको भन्दै स्थानीयले पटक-पटक विरोध गर्दै आएको सो पुलको सुरुमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको थियो। पछि पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पुर्याइएको थियो । डिजाइन संशोधनको नाममा १८ महिना, भूकम्प र नाकाबन्दीको नाममा करिब एक वर्ष काम रोकिएको थियो । दुई दुई पटकसम्म म्याद थप गरिएको भएपनि पुल समायमा निर्माण गर्न ठेकेदार कम्पनी असफल भएको छ।पुलको सम्झौता अवधि गएको पुस १३ गते सकिएको थियो । कोरोना भाइरसको संक्रमणलाई देखाउँदै फेरि म्याद थप गरिएपनि निर्माण सम्पन्न नहुँदै पुल भत्किएपछि यो पुल कहिले सम्पन्न हुन्छ,त्यो अनिश्चित बनेको छ। यता सडक डिभिजन भरतपुरका प्रमुख अधिकारीले भने तत्काल फोहर हटाई निर्माणको कामलाई निरन्तरता दिने बताए।

ठेकेदारले समयमा नै पुलको काम नगरेपछि महालेखा परीक्षकको कार्यालयले समेत सडक डिभिजन कार्यालयसँग जवाफ माग गरेको थियो । निर्धारित समयमा काम नसकेको, पटक–पटक डिजाइन फेरेको र काम ढिलो हुँदा लागत रकम बढेको बारे महालेखाले चासो व्यक्त गरेको थियो ।६ वर्षअघि २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भई शिलान्यास गरिएको पुल २०७४ कात्तिक २० गते भित्र बनाइ सक्नुपर्ने थियो तर बिभिन्न कारण र बहाना बनाउँदै ठेकेदार कम्पनीले पुल निर्माणमा ढिलाई गरेको स्थानियको भनाई छ। स्मरण रहोस गत वर्षको बाढीले समेत पुल निर्माणको लागि राखिएका केही सामग्री बगाएको थियो।।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४