Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५३ करोड फेसबुक प्रयोगकर्ताका डाटा लिक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 4.4K
    SHARES

 काठमाडौँ । विश्‍वको चर्चित सामाजिक सञ्जजाल फेसबुक प्रयोग गर्ने ५३ करोड ३० लाख प्रयोगकर्ताका व्यक्तिगत विवरणहरु अनलाइन मार्फत् लिक भएको खुलासा भएको छ ।

बिजनेश इनसाइडरको रिपोर्ट अनुसार विश्वका विभिन्न १ सय ६ वटा देशका आधा अर्बभन्दा धेरै फेसबुक प्रयोगकर्ताका डाटाहरु ह्याकिंग फोरममा नि:शुल्क उपलब्ध छन् । साइबर अपराधी अनुसन्धान कम्पनी हडसन रकका प्रमुख प्राविधिक अधिकृत एलोन गालले उक्त डाटा लिकको घटना पत्ता लगाएका हुन् ।

इतिहासकै ठूलो मध्येको एक अनलाइन लिक मानिएको यस घटनामा प्रभावित हुनेमा ६ करोड भारतीय फेसबुक प्रयोगकर्ता छन् । यस्तै ३ करोड २० लाख अमेरिकी र १ करोड १० लाख बेलायती फेसबुक प्रयोगकर्ताका डाटा पनि लिक भएका छन् ।

यसरी बाहिरिने प्रयोगकर्ताका विवरणमा उनीहरुका फोन नम्बर, अवस्थिति, जन्ममिति, फेसबुक आइडी तथा वैयक्तिक विवरण र इमेल ठेगानाको विवरण लगायतका छन् । अनलाइनमा नि:शुल्क तथा खुलमखुल्ला उपलब्ध यस्ता डाटाहरु साइबर अपराधीले दुरुपयोग गरेर प्रयोगकर्तालाई ब्ल्याकमेल गर्न सक्ने जोखिम छ।

दशौँ लाख प्रयोकर्ताका डाटाहरु ह्याकरहरुले अनलाइनमा सार्वजनिक गरेको घटनाप्रति फेसबुकले कुनै प्रतिक्रिया जनाएको छैन। यद्यपि, प्रयोगकर्ताका डाटाहरु इन्टरनेटमा उपलब्ध भइसकेकाले ह्याकिंगमा परेका प्रयोगकर्ताका ती डाटाहरु सुरक्षित राख्ने विकल्प भने हुँदैन ।

स्मरण रहोस् प्रयोगकर्ताका व्यक्तिगत डाटाहरु तथा गोपनियताको रक्षाको सवालमा फेसबुक पटक-पटक विवादमा तानिँदै आएको छ । प्रयोगकर्ताका डाटा लिक भएको यो पहिलो घटना नभएपनि आधा अर्ब मानिसका व्यक्तिगत डाटा एकसाथ लिक हुनुलाई असामान्य मानिएको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४