Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युट्युबमा आउँदै नयाँ फिचर : डिसलाइकको संख्या नदेखिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०७७
  • 2.4K
    SHARES

भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबमा रहेका भिडियो सामग्रीहरुको लोकप्रियता तथा अलोकप्रियताको मापनका लागि दर्शकबाट प्राप्त हुने लाइक तथा डिसलाइकको संख्या गणना सजिलो माध्यम बनिरहेको छ ।

आफूले हालेको भिडियोमा लाइक्सभन्दा डिसलाइक्सको संख्या बढी हुनु कुनै पनि कन्टेन्ट क्रिएटरका लागि निकै चिन्ताको विषय बन्दछ ।

अझ पछिल्लो समय त युट्युबको डिसलाइक बटनलाई अनलाइन ट्रोलका लागि हतियारको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । जसले भिडियोमा रहेको वास्तविक सामग्रीलाई समेत मजाक बनाइदिन्छ । कहिलेकाहीँ त भिडियोमा भएको सामग्रीसँग डिसलाइक बटनको कुनै खाँचो नै नपर्दासमेत यो उल्लेख्य मात्रामा थिचिएको हुन्छ । जसले गर्दा लाइक बटन राख्नुको उद्धेश्यलाई नै निस्तेज पार्दछ ।

डिसलाइक बटनको दुरुपयोग हुने तथा युट्युबका सर्जक अर्थात् कन्टेन्ट क्रिएटरहरु निरुत्साहित हुने अवस्थालाई मध्यनजर गर्दै युट्युबले नयाँ उपाय अबलम्बन गरेको छ । उसका अनुसार युट्युबमा एक नयाँ फिचरको परीक्षण भैरहेको छ जसअनुसार युट्युब भिडियोमा प्राप्त हुने डिसलाइकको संख्या देखिने छैन । अर्थात् भविष्यमा युट्युबका दर्शकले आफूले हेर्ने सामग्री मन नपरेमा डिसलाइक त गर्न सक्नेछन् तर उक्त सामग्रीमा कति जनाले डिसलाइक बटन थिचे भनेर जान्नचाहिँ पाउने छैनन् ।

टि्वटरमार्फत् घोषणा गर्दै युट्युबले भनेको छ – सर्जकहरुको पृष्ठपोषण तथा लक्षित डिसलाइक अभियानहरुलाई मध्यनजर गर्दै हामीहरुले केही नयाँ डिजाइनको परीक्षण गरिरहेका छौँ जसले सार्वजनिकरुपमा डिसलाइकको संख्या देखाउने छैन । यदि तपाईं यो सानो प्रयोगको हिस्सा हुनुहुन्छ भने तपाईंले आगामी हप्ताहरुमा यी मध्येको एक डिजाइन देख्नुहुनेछ ।

नयाँ फिचरअनुसार युट्युब भिडियोमा डिसलाइक बटन त देखिनेछ तर डिसलाइकको संख्याचाहिँ सम्बन्धित युट्युब च्यानलको सर्जकले मात्र युट्युब स्टुडियोभित्र हेर्न पाउनेछन् । यसले सामग्री चित्त नबुझेको खण्डमा दर्शकलाई डिसलाइक बटन थिच्ने विकल्प कायमै राखे पनि नियोजित अनलाइन ट्रोललाई भने रोक्नेछ ।

युट्युबले भनेको छ – सर्जकहरु तपाईंले युट्युब स्टुडियोमा लाइक्स र डिसलाइक्सको वास्तविक संख्या हेर्न सक्नुहुनेछ ।

दर्शकहरुले चाहिँ यदि तपाईं यो परीक्षणमा समावेश हुनुहुन्छ भने भिडियोहरुमा लाइक वा डिसलाइक गरेर सर्जकलाई पृष्ठपोषण प्रदान गर्न तथा यो फिचरका बारेमा युट्युबलाई सुझाव प्रदान गर्न सक्नुहुन्छ ।

स्मरण रहोस् नियोजितरुपमा हुने डिसलाइक अभियानका कारण विभिन्न ब्राण्ड तथा व्यक्तिहरुसँगै विश्वभरका नेताहरुलाई समेत ठूलो असर पर्ने गरेको छ । कतिपय नेताहरुका भाषण तथा राजनीतिक अभियानका भिडियोहरुमा लाइकभन्दा डिसलाइकको संख्या १० गुणा बढी हुँदा त्यसले उनीहरुको राजनीतिक करिअर तथा चुनावको नतिजामै असर पर्ने गरेको समेत पाइएको छ ।

यद्यपि कतिपयले चाहिँ डिसलाइकको संख्या लुकाएर युट्युबले वास्तविक पृष्ठपोषणलाई दबाउन खोजेको आरोप लगाएका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४