नेकपा माओवादी केन्द्र त्याग गरेको भन्ने विषयमा माओवादी केन्द्रले स्पष्टिकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले आङ्बुहाङमाथि पार्टीले कारबाही गरेको माओवादी केन्द्रले जनाएकाे छ ।
एमाले प्रवेश गरेर आर्थिक मामिला तथा योजनामन्त्री बनेका आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उहाँले स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।
पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । साथै आंङ्बुहाङलाई पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ ।
दल त्याग गर्दै मन्त्री बनेका आङ्बुहाङ ६ महिना मात्रै मन्त्री हुनेछन् । गैर सांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने व्यवस्था रहेको छ ।
प्रदेश १ सरकार गठन हुने बेलामा आङबुहाङले धेरै ठाउँमा आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने भन्दै भाषण गरेका थिए । तर, पार्टीले इन्द्र आङ्बोको नेतृत्वमा सहभागी हुने निर्णय गरेपछि असन्तुष्ट बनेका आङबुहाङ सर्वोच्चले नेकपा खारेज गरेपछि एमाले प्रवेश गर्नुभएकाे थियाे ।
