Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेरि देशभरि बढ्यो वायु प्रदुषण, काठमाडौंमा एक्कासि चिसो महसुस


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २३ २०७७
  • 3.4K
    SHARES

काठमाडौं । देशभरि फेरि वायु प्रदुषण बढेको छ । बिहीबार साँझ परेको वर्षाले केही प्रदुषण घटे पनि आइतबारदेखि फेरि बढेको हो ।

हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो ।

देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ । धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ । चितवनमा एक्युआई ३९८ छ भने ललितपुरमा एक्युआई ३२५ छ ।

एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण मानिन्छ । ३ सयभन्दा माथि जानु चाहिँ घातक हो ।

तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ । दिउँसो थोरै घाम लागे पनि तुवाँलो पूरै हट्ने  विभागको अनुमान छ ।

वायु प्रदुषणले खतराको तह पार गरेपछि गत साता सरकारले तीन दिन देशभरका विद्यालय बन्द गरेको थियो । आइतबारदेखि विद्यालय फेरि खुले पनि प्रदुषण फेरि ह्वात्तै बढेको छ ।

वायु प्रदुषणले गर्दा काठमाडौं उपत्यकामा एक्कासि चिसो बढेको महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस छ तर पनि मौसम सुक्खा भएका कारण चिसो बढेको हो ।

देशका केही भु–भागमा पार्नी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदौ महाशाखाले भनेको छ- ‘देशका पहाडी भू-भागमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४