विराटनगर । ४० वर्ष भारतको जेलमा बसेर नेपाल फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ । तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने घोषणा गरेसँगैआइतबार उपचारका लागि उनलाई विराटनगरस्थित विराट मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
अस्पताल स्रोतका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षण डा. पुरु कोइरालाले सुरु गरेका छन् । थप उपचार पनि अस्पतालमै राखेर गरिने जनाइएको छ । हाल तिम्सिनाको साथमा भतिज गोपाल रहेका छन् ।
केही समयअघि जिल्ला प्रशासन कार्यालय इलामका सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले दुर्गाप्रसादलाई नागरिकता प्रदान गरेका थिए ।