Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सातै प्रदेशका युवाहरुका लागि पाँच दिने ‘आत्मरक्षा तालिम’ सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २२ २०७७
  • 4.8K
    SHARES

काठमाडौं । गुणस्तरीय शिक्षा प्राप्तिका लागि स्थापना गरिएको “छोरी शिक्षाको लागि राष्ट्रिय सञ्जाल” द्वारा ५ दिने “आत्मरक्षा तालिम” ज्ञान सिकाई प्रयोगशाला, ललितपुरमा सुरु भएको छ ।

उक्त सञ्जालले अन्य विभिन्न संघसस्थाहरु गल्र्स किक, कुसल नेपाल, ग्लोबल एक्सन नेपाल र ज्ञान सिकाई प्रयोगशालसँग सहकारी गरेर नेपालको सात वटा नै प्रदेशबाट ३–३ जना गरी जम्मा २१ जना किशोर–किशोरी तथा युवाहरुलाई अनलाइन फारममार्फत् छनोट गरी पाँच दिने आत्मरक्षा तालिम सञ्चालन गरेको हो ।

यस तालिमको मुख्य उदेश्य सातै प्रदेशबाट प्रतिनिधित्व गरेका किशोर–किशोरी तथा युवाहरुलाई आत्मरक्षासम्बन्धी प्रशिक्षक बनाउने तथा हरेक प्रदेशमा छोरीहरुको शिक्षासम्बन्धित सवालहरुलाई पहिचान गरी उपलब्ध स्थानीय स्रोत साधनको आधारमा स्थानीय युवाहरुलाई नै परिचालन गरी विशेषगरी छोरीहरु, किशोर–किशोरी तथा युवाहरुको शैक्षिकस्तर उकास्नु रहेको छ ।

यस आत्मरक्षा तालिम एउटा सानो पहलको रुपमा सञ्चालन गरिएको ग्लोबल एक्सन नेपालको संस्थापक बाबु काजी क्षेष्ठले बताए । कोभिड–१९ महामारीले निम्त्याएको लामो समयको लगडाउन पश्चात पुनः मानिसहरु सामान्य जन–जीवनतर्फ फर्किने क्रम जारी छ ।

तालिमका प्रशिक्षक निरज न्यौपानेले भने, ‘जनचेतनाको अभाव, बेरोजगारी, गरिबीको कारणले निम्ताएको विभिन्न समस्याहरुको चपेटामा छोरी अथवा महिलाहरुको सवालमा घरेलु हिंसा, यौनजन्य हिंसा, बलात्कार, दूर्व्यहार आदि पुरुषहरुमा कम रहेको पाइन्छ ।

छोरीहरुको सशक्तीकरणको लागि छोरीहरुलाई मात्र तालिमलगायत विभिन्न सिक्ने अवसर सिर्जना गर्दैमा छोरीहरु पूर्ण रुपमा सशक्तीकरण गर्न र समाज परिवर्तन गर्न निकै कठिन हुन्छ ।’

त्यस्तै, छोरी सशक्तीकरण र समाज परिवर्तनमा छोराहरुको छोरीप्रति हेर्ने दृष्टिकोण, बुझाइ र गर्ने व्यवहारमा परिवर्तन ल्याउन छोराहरुको पनि अहम भूमिका रहने भएकाले यस आत्मरक्षा तालिममा १४ जना छोरी र ७ जना छोरा सहभागी रहेको कुसुम केसीले बताए ।

आत्मरक्षा सीपलाई जीवन उपयोगी सीपको रुपमा लिन सकिने भएकाले हरेक मानिसको आफ्नो दैनिक जीवनमा आइपर्ने क्रियाकलापहरुलाई जस्तै सही ढङ्गले निर्णय लिन, नेतृत्व लिन, आवाज उठाउन, हिंसा, दूर्व्यहार तथा बलात्कारबाट सुरक्षित रहन महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४