Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुलुकमा समृद्धि र विकास नहुनुको पछाडि ऐन बाधक– मुख्यमन्त्री राउत


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 2.7K
    SHARES

वीरगञ्ज । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा समृद्धि र विकास नहुनुको पछाडि ऐन कानुन बाधक रहेको बताउनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई शनिबार सम्बोधन गर्दै राउतले मुलुकको समृद्धिमा ऐन कानुन बाधक बनेको टिप्पणी गर्नुभयो । कानुनले बन्दैन भनेका कुरा पैसा दिएपछि मिल्ने मुख्यमन्त्री राउतको भनाइ थियो ।

राउतले संघीय सरकारले अधिकार कुण्ठित गर्न खोज्दा पनि अन्य प्रदेश सरकार चुप लागेको भन्दै असन्तुष्टि जनाउनुभयो । लगानीमैत्री कानुन नभएसम्म मुलुकको विकास नहुने बताउँदै उहाँले उद्योगी व्यवसायीलाई सरकारले सधैं लुटेरा र डाँकाको रुपमा हेर्ने गरेको आरोप लगाउनुभयो ।
मुख्यमन्त्री राउतले उद्योगी व्यवसायीलाई अप्ठेरोमा पारेर मुलुकको समृद्धि कल्पना गर्न नसकिने बताउनुभयो । प्रदेश सरकारले औद्योगिक ऐन ल्याइसकेको भन्दै उहाँले छिट्टै उद्योग विभाग गठन गरेर उद्योगको दर्ता र नवीकरण प्रदेशबाटै गर्ने व्यवस्था मिलाउने जनाउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भिजन–२०३० लाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । यसैबीच वीरगञ्ज उद्योग वाणिज्य संघको ४५ औं साधारणसभाबाट दुई वर्षे कार्यकालका लागि सुवोध गुप्ताको नेतृत्वमा नवनिर्वाचित पदाधिकारीहरूलाई शपथग्रहण गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४