काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सडक निर्माण कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।
शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वीच थिचेर एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
यस कार्यक्रम अन्तर्गत देशभरीका एक सय ६५ वटा निर्वाचन क्षेत्रमा एक सय ६५ वटा सडक निर्माण गरिने छ ।
३ वर्षमा सडक निर्माण कार्य सम्पन्न गर्ने सडक निर्माणका लागि सरकारले ५७ अर्ब १० करोड बजेट विनियोजन गरेको छ।