Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 4.3K
    SHARES

२०७७ चैत २१ गते, शनिवार, ३ अप्रिल २०२१। चैत्र कृष्णपक्ष षष्ठी तिथि, (११ः१३ बजेउप्रान्त सप्तमी) ज्येष्ठा नक्षत्र (८ः५५ बजेदेखि मूल)। चन्द्रराशि– वृश्चिक, ८ः५५ बजेेदेखि धनु। 

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अस्वस्थता अनुभूति हुनेछ। तर, जिम्मेवारी भने बढ्नेछ। सानातिना काममै अल्झनुपर्ला। अरूका काममै समय बिताउनुपर्ला। समयमा काम पूरा नहुनाले खिन्नता बढ्न सक्छ। व्यावसायिक काममा खर्च बढ्नेछ। धर्मकर्ममा त्यत्ति समय दिन नसकिएला। सेवामूलक काममा पनि अवरोध आउला। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आस मारेको फल पुन: प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा तत्परता देखाउन सक्छन्। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा केही समस्या आउलान्। अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

व्यापार तथा आर्थिक कारोबारमा राम्रै फाइदाको योग छ। अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ। केही प्रतिस्पर्धा हुन सक्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। प्रतिस्पर्धीलाई सजिलै उछिन्ने मौका छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। शत्रु र रोगबाट छुटकारा पाइएला। मुद्दा–मामिलामा पनि विजयी भइनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। काममा अवरोध पुर्याउनेहरू सक्रिय हुनेछन्। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ला। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझाव अप्रिय लाग्नेछ। आफूबाट गलत निर्णय हुनेछ। धोकामा परिएला। महत्वाकांक्षी योजना गोप्य राख्दा फाइदा हुनेछ। काममा परिवारजनको सहयोग र मातृशक्तिको राय–सुझावबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्नेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

सहयोगीहरूले साथ दिनेछन् र आयआर्जनका काममा सोचेजस्तै सफलता मिल्नेछ। आम्दानी बढ्नेछ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला। तापनि, नयाँ काममा हात हाल्ने समय छ। प्रतिस्पर्धी र शत्रुपक्षलाई परास्त गर्न सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। बाध्यताका काममा बढी खर्च हुनेछ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। काममा विघ्नबाधा आउलान्। तापनि, निरन्तर प्रयत्न गर्दा पुरानो व्यवसायमा भने फाइदै हुनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला, सचेत रहनुहोस् । मुद्दा–मामिला, वादविवाद र प्रतिस्पर्धामा पनि कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट सोचेजति लाभ नहुन सक्छ। टाढाको यात्रा व्यवस्थापनका लागि लगानी गर्नुपर्ला।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

महत्त्वपूर्ण कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सरकारी काममा पनि तत्काल फाइदा उठाउन सकिनेछ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला। रामै्र आयआर्जन हुने काम सुरु होला। विभिन्न अवसरले पछ्याउने समय छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मानसम्मान पनि बढ्नेछ।

# नेपाली पात्रोबाट साभार गरिएको
#
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४