Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

४ चिनियाँ परम्परागत पोसाक : हान वंशको ‘हानफु’देखि माओ सुटसम्म


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २० २०७७
  • 5.3K
    SHARES

विश्वमा प्रत्येक देशको आ-आफ्नै अनौंठो परम्परागत पहिरन संस्कारहरू रहेको पाइन्छ । यही भाषा संस्कृति र पहिरन आदिमा रहेको विशिष्टताका कारण नै एक देशलाई अर्को देशबाट अलग गर्न सकिन्छ । आधुनिकीकरणको प्रभावले विदेशी पहिरनलाई अँगाले पनि आफ्नो अस्तित्वलाई जोगाउन आफ्नो परम्परागत एवं विशिष्ट सांस्कृतिक संस्कारलाई बचाउनै पर्छ ।

परम्परागत चिनियाँ लुगाहरू पनि यही चीनको विशिष्ठता जनाउने एउटा सहायक तत्व हुन् । लामा कपडाहरू, खुकुलो र सीधा-काटिएको ज्याकेटहरू एव‌ं प्यान्ट वा गाउन आदि चिनियाँ परम्परागत पहिरनका विशेषता भित्र पर्छन् । झण्डै ३ हजार वर्षसम्मको इतिहास बोकेको यो पहिरन संस्कारले परम्परागत चिनियाँ सौन्दर्यशास्त्र, दर्शन र सामाजिक मूल्यमान्यताहरूलाई प्रतिबिम्बित गरेको चिनियाँहरूको विश्वास छ ।

४ किसिमका प्रसिद्ध पारम्परिक चिनियाँ कपडाहरूको सामान्य परिचय तल दिइएको छ ।

१. हानफु
हानफु (हान कपडा) बहुसंख्यक चिनियाँ हान जातीय समुदायको विशेष पहिरन हो । यो पहिरन हाल चलनमा रहेका परम्परागत पोसाकहरूमध्‍ये सबैभन्दा पुरानो पहिरन संस्कार मान्ने गरिन्छ । चिनियाँ किंवदन्ती अनुसार यो ३ हजार वर्ष पहिलेदेखि सुरु भएको पहिरन शैली हो । जब शासक हौंदीकी पत्नी लेइजुले रेशमबाट एउटा कपडा बनाएकी थिइन्  त्यही शैलीको कपडा नै अहिलेसम्म पनि हानफुको नामबाट चर्चित रहेको चिनियाँहरू मान्छन् । हौ‌दीका उत्तराधिकारीहरू एवं राजवंशले यो कपडालाई प्रचार गर्दै गयो । चारसय वर्षपछि उक्त राजवंश ढलेपछि पनि हान जातिले यसलाई बिर्सिएनन् । अहिले पनि हानफूलाई चिनियाँहरूले परम्परागत कपडाको रूपमा प्रयोग गर्दै आएका छन् । यो पोसाक कोरिया, जापान र भियतनाम जस्ता छिमेकी एशियाली देशहरूमा पनि प्रयोगमा आएको पाइन्छ ।

२ झोङ्सान सुट (माओ सुट)
झोङ्सान सूट जसलाई चीन बाहिर ‘माओ सूट’को रूपमा पनि चिनिन्छ । यो एक प्रकारको पुरुष पोसाक हो। सन् १९१२ मा रिपब्लिक चीनको स्थापना पछि डा. सुन यत सेन ‘सुन झोङ्ग्सन’को नामबाट नै यो सुटको नाम राखिएको हो । झोङ्सनले सुरुवात गरेको सो शैलीको सुटलाई पछि माओले सार्वजनिक रूपमा धेरै पटक लगाएको देखेपछि यस पोसाकलाई “माओ सुट” को नामबाट पनि चिन्न थालियो । सन् १९२० को दशकमा चीनको सार्वजनिक सेवाका अधिकारीहरूले यो शैलीको सुट लगाउन थाले । १९४९ मा भएको सांस्कृतिक क्रान्तिको अन्तसम्म यो पोसाकले चर्चा कमासकेको थियो ।

३ ताङ सुट
ताङ सुटले अक्सर ताङ राजवंशको कपडाको सट्टा चिनियाँ ज्याकेटको परम्परागत शैलीलाई जनाउँछ। यो नाम आप्रवासी चिनियाँहरूले राखेको नाम हो । ताङ साम्राज्य विश्वमा समृद्ध र शक्तिशाली साम्राज्यको रूपमा चर्चित भएकोले आप्रवासी चिनियाँहरूलाई धेरैले ‘ताङ पिपुल’ भनेर चिन्न थाले । उनीहरूले लगाउने सुटलाई ‘ताङ सुट’ भन्न थालियो ।

४ च्योङ्सम
च्योङ्गम (क्युपाओ) क्विङ राजवंश (१६४४ देखि १९१२ सम्म) को मान्छु महिलाहरूसँग सम्बन्धित छ । उनीहरू लामो गाउन कपडा लगाउने गर्दथे । मान्चू जातीय मानिसहरूलाई हान जातिको पुस्ता पनि मान्ने गरिन्छ । 

चिनियाँ सञ्चारमाध्यमहरूको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४