Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद पद त्याग्न तयार छु, स्पष्टीकरणको जवाफ दिन्न : मन्त्री आङ्बुहाङ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १९ २०७७
  • 3K
    SHARES

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले नेकपा माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेपछि मन्त्री बनेका आङ्बुहाङले स्पष्टीकरणको जवाफ नदिने भएका हुन् ।

‘जवाफ पठाइरहनुको औचित्य छैन अब पठाउँदा पनि केही हुनेवाला छैन,’ उनले भने, ‘अर्काे दलमा गइसकेका कारण विधान अनुसार उहाँहरुले गर्नुभएको हो, पत्रको जवाफ दिने, नदिने कुराले के औचित्व राख्छ र ?’ उनले स्पष्टीकरण पत्र आफूले अध्ययन पनि नगरेको बताए ।

दलको विधान विपरित काम गरेको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । २४ घण्टाको अवधिमा पत्र नपठाएका उनले जवाफ लेख्नुको औचित्य पनि नभएको बताए ।

‘पार्टीको अनुमतिमा अर्काे दलको मन्त्रिपरिषदमा सहभागी हुनुभएको हो ?,’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘प्रदेशसभा संसदीय दलको विधान २०७७ को धरा ११(५), राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ (१) र ३२ (२) खको प्रतिकूल तपाईंको गतिविधि देखिएकाले तपाईंलाई यस दलको सदस्यसमेतबाट पदमुक्त किन नगर्ने ?’

प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठक चैत २३ गते बस्दैछ । माओवादी केन्द्रको संसदीय दलको नेता त्याग गर्दै एमाले प्रवेश गरेर मन्त्री बनेका आङ्बुहाङलाई बैठक अघि नै पदमुक्त गर्ने तयारी माओवादीले गरेको छ ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जवाफ नआए पदमुक्त गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराउने बताए । पदमुक्त भए उनी सांसदको हैसियतमा प्रदेशसभा बैठकमा सहभागी हुन पाउने छैनन् ।

२३ गतेको प्रदेशसभा बैठक अघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने उनले बताए । बैठक शुरु भएपछि अविश्वासको प्रस्ताव पनि फिर्ता लिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४