Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीको वनमा लागेको डढेलो नियन्त्रणमा आएन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १९ २०७७
  • 5.4K
    SHARES

सिन्धुली । जिल्लाका वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसक्दा वन पैदावर, वन्यजन्तु र जडीबुटी जलेर नष्ट हुँदै गएका छन् ।

जिल्लाको कमलामाई नगरपालिका, कमलाखोज र मरिण क्षेत्रमा रहेका सामुदायिक तथा सरकारी वनमा लागेको डढेलो निभ्न नसक्दा समस्या भएको हो । गोठालाहरूले लगाएको डढेलो वन कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरूले समयमै निभाउन नसक्दा डढेलो दिनदिनै फैलिएर वातावरणमा प्रतिकुल असर परेको छ ।

कमलामाई नगरपालिका भित्र रहेका च्याउकोट, मैनालीठाकुर, सिंदुरेटार, कल्याणी, सिस्नेरी लगायतका सामुदायिक वनमा केही दिनदेखि लागेको डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

यस्तै डडेल्धुरामा अमरगढी नगरपालिकाको एक किराना पसलमा आगलागी भएको छ । अमरगढी नगरपालिका–७ र ८ को सिमाना रातागौनमा रहेको उग्रतारा स्टोरमा गएराति आगलागी हुँदा किराना पसल पूर्णरुपमा क्षातिग्रस्त भएको छ ।

काठ र जस्ताले बनेको पसल पूर्ण रुपमा जलेको पोखरा प्रहरी चौकीले जनाएको छ । स्थानीय यज्ञ सार्कीको स्टोरमा लागेको आगो नियन्त्रणमा लिन नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलील प्रयास गरेको थियो । बिजुलीको तार सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४