बुधबार बेलुका काठमाडौं उपत्यकासहितका जिल्लामा पानी परेको थियो । त्यो पानीले वायु प्रदुषण केही हदसम्म कम गर्न सघाए पनि पूर्णरुपमा मौसम सफा भने अझै नभएको मौसमविद वासीले बताइन् । ‘आजबाट मौसम केही सफा भए पनि पूर्णरुपमा आकाश खुल्न अझै केही दिन लाग्छ,’ उनले भनिन् ।
काठमाडौं उपत्यकाको आकाश विहीबार विहान पनि राम्रोसँग खुलेको छैन । अहिले बदलीको अवस्था छ । तराई मधेसका जिल्लामा भने अझै पनि तुवाँलो कायमै छ ।