Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दूध ढुवानीका साधनलाई सडकमा अब एम्बुलेन्ससरह प्राथमिकता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १९ २०७७
  • 6.9K
    SHARES

दूध ढुवानीका साधनहरुमा टाँसिने लोगो


 काठमाडौं । दूध ढुवानीका साधनहरुले सडकमा अब एम्बुलेन्ससरह प्राथमिकता पाउने भएका छन् ।

सरकारले प्रदान गर्ने विशेष प्रकारको लोगो टाँसिएका त्यस्ता साधनलाई सडकमा कसैले पनि अवरोध गर्न नपाइने र एम्बुलेन्ससरह नै प्राथमिकता दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । दूग्ध ढुवानीमा यस्तो सुविधा दिने नेपाल विश्वकै पहिलो र एक मात्र मुलुक भएको दाबी बोर्डको छ ।

लोगोका आधारमा प्राथमिकता दिइनुपर्ने यस्ता गाडीमा एम्बुलेन्समा जस्तो साइरन भने हुने छैन ।

देशभरका झण्डै पाँच सय दुग्ध ढुवानीका साधनले प्राप्त गर्ने लोगो र त्यसको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृत भएसँगै अब लोगो वितरण सुरु भएको बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवले बताए । ‘दुग्ध पदार्थको वितरण प्रणाली बलियो बनाउन हामीले नयाँ प्रयोग गरेका छौं, लोगो वितरणको प्रक्रिया सुरु भएको छ । यो विश्वको लागि नयाँ र पहिलो काम हो,’ कार्यकारी निर्देशक यादवले भने ।

औपचारिक प्रणालीबाट देशभर वितरण हुने झण्डै १७ लाख मेट्रिकटन दूधको बजारीकरण र बिक्रीमा यसले सहयोग गर्ने बोर्डले जनाएको छ । निश्चित समयमा निश्चित तापक्रममा दूध ढुवानी गर्नु पर्ने मान्यता रहे पनि विभिन्न समयमा हुने अवरोधले दूध बिग्रिने गरेको र त्यसको असर किसानको भुक्तानीमा समेत परेपछि यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

दूग्ध व्यवसायीको पनि समर्थन रहेको यो अभियानको लागि तयार गरिएको लोगो बोर्डको एक सय ११ औं बैठकबाट पास भएको र एक सय १२ औं बैठकबाट कार्यविधि पनि बनेको बोर्डले जनाएको छ । दूध ढुवानीको सबै सवारी साधनलाई अनिवार्य गरिएको यो नियमबारे सुरक्षाकर्मीलाई पनि जानकारी गराउने बोर्डको तयारी छ ।

डेरीको अंग्रेजी शब्दको पहिलो अक्षर ‘डी’, दूधको थोप्लो, गाईलाई जनाउने प्रतिकात्मक संकेत र अत्यावश्यक जनाउने रङ्ग निलो प्रयोग गरेर लोगो बनाइएको कार्यकारी निर्देशक यादवले बताए । प्रतिकात्मक उक्त लोगो दुग्ध ढुवानीका हरेक गाडीमा टाँस गरिने उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४