Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

होली खेल्दा झडपमा मृत्यु भएका दुई जनाको चार दिनपछि अन्त्येष्टि


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 5.3K
    SHARES

बागलुङ । होली खेल्ने क्रममा सामूहिक झडप परी ज्यान गुमाएका दुई जनाको बुधबार अन्त्येष्टि गरिएको छ ।

आइतबार जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ७ र बडिगाड गाउँपालिका वडा नम्बर १० को सिमाना बल्देधुरीमा दुई गाउँका यूवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो ।

उनीहरूको शव सोमबार बुर्तिबाङ पोष्टर्माटमका लागि लगिए पनि परिवारले घटनामा संलग्न दोषी पक्राउ नगर्दासम्म शव बुझ्न मानेका थिएनन् । बुधबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेपछि परिवार शव बुझ्न तयार भएका हुन् ।

शव बुझे पछि दर्लिङ खोलामा परम्परागत रुपमा कुँवर र दमाईको अन्त्येष्टि गरिएको छ । उनीहरुको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, क्षेत्रीय सभापति दोर्ण कुँवर लगायतका नेता तथा कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

कुँवर कांग्रेस बागलुङका जिल्ला सदस्य हुन् भने दमाई सक्रिय कार्यकर्ता हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४