भारतीय प्रहरीका अनुसार उनीहरूको साथमा कसैको संलग्नता नदेखिएको र गायिका बन्न भारत आएको बताएका छन् । उनीहरूलाई अहिले भारतको सीतामढीमा राखिएको भारतीय प्रहरीले जनाएको छ । नेपाली प्रहरी आएपछि उनीहरूलाई हस्तान्तरण गरिने भारतीय प्रहरीले बताएको छ ।
न्यजु २४ नेपालसँग नगरपालिकाका मेयर सञ्जीवकुमार साहले हिजो बेपत्ता भएकाहरू भारतको सीतामढीमा भेटिएको र उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगिसकेको बताएका थिए ।
घाँस काट्न जाँदा हराउनेहरुमा १७ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान रहेका छन् ।