Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पत्रकार महासंघमा ३८ पदका लागि १६५ जना मैदानमा, पोखरेल र शर्मा नेतृत्वमा दुई गठबन्धन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 4.4K
    SHARES

काठमाडौं, / नेपाल पत्रकार महासंघको यही चैत २५ गते ३८ पदका लागि हुने निर्वाचनमा १६५ जना विभिन्न पदमा उम्मेदवार बनेका छन् ।

निर्वाचन समितिका अनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन् । महासंघले यसै पटकदेखि पार्षदको सट्टा प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएकाले पनि तुलनात्मक रुपमा केही बढी उम्मेदवार मैदानमा उत्रिएका छन् ।

नेपाली कांग्रेसनिकट पत्रकार प्रेस युनियन र एमाले निकट पत्रकार प्रेस चौतारीको नेतृत्वमा दुई वटा गठबन्धन बनेको छ । तर त्यसबाहेक पनि अध्यक्षदेखि सदस्यसम्म पत्रकारहरु प्रतिष्पर्धामा उत्रिएका छन् ।

प्रेस युनियनले विपुल पोखरेलको नेतृत्वमा माओवादी केन्द्रनिकट प्रेस संगठन, प्रेस चौतारीकै एउटा समूहसमेतसँग गठबन्धन गरी उम्मेदवारहरु मैदानमा उतारेको छ भने चौतारीले निर्मला शर्माको नेतृत्वमा उम्मेदवारी दिएको छ ।

जसअनुसार अध्यक्षमा पोखरेल र शर्माका अतिरिक्त गजेन्द्रसिंह बुढाथोकी र रामप्रसाद दाहाल पनि मैदानमा उत्रिएनुभएको छ । दीपक पाठकले भने मनोनयन गरेका फिर्ता लिनुभएको छ ।

वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार रहादा ध्रुव लम्सालले फिर्ता लिनुभएको छ । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकार उम्मेदवार रहँदा समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह मैदानमा हुनुहुन्छ ।

महासचिवमा बालकृष्ण बस्नेत, रोशन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा रहँदा राजेश मिश्रले फिर्ता लिनुभएको छ । खुला सचिवमा ६, महिला सचिवमा २, आदिवासी जनजाति सचिवमा ३, मधेशी सचिवमा ४, दलित सचिवमा ५, एसोसिएट सचिव र कोषध्यक्षमा ६/६ जना मैदानमा छन् ।

यस्तै, प्रदेश १ सदस्यमा ६, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र प्रतिष्ठान प्रदेशको सदस्यमा ७/७, लुम्बिनी प्रदेश सदस्यमा १० र सुदूरपश्चिम सदस्यमा ५ जना उम्मेदवार छन् ।

उपत्यका प्रदेश सदस्यमा ८, संस्थागत प्रदेश (एशोसिएट)मा ५, खुला सदस्यमा २७, महिला सदस्य (मधेसी)मा ३, आदिवासी जनाजाति महिला सदस्यमा २, खस–आर्य महिला सदस्यमा ६, दलित महिला सदस्यमा ३, दुई आदिवासी जनजाति सदस्य (एक महिला अनिवार्य)का लागि ६, दुई दलित सदस्य (एक महिला अनिवार्य)का लागि ९, दुईा मधेशी सदस्य (एक महिला अनिवार्य)का लागि ७,अपाङ्गता सदस्यका लागि ४ र अल्पसंख्यक सदस्यका लागि २ जना प्रतिस्पर्धामा छन् ।

लेखा समिति संयोजक, खुला सदस्य र महिला सदस्यका लागि ३/३ जना मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४