Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अढाई करोडमा बिक्यो एप्पल संस्थापक जब्सको जागिरको दरखास्त


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०७७
  • 4.4K
    SHARES

एप्पल कम्पनी स्थापना गर्नु अगाडि स्टिभ जब्सले १८ वर्षको उमेरमा अमेरिकाको रिड कलेजको पढाइ छाडेका थिए । पढाइ छाडेसँगै अरु कलेज ड्रपआउटहरुले जस्तै जब्सले पनि जागिर खोज्न सुरु गरे । र, जागिरको खोजीमा सबैभन्दा पहिले जब्सले लेखेको मध्येको एक दरखास्त हालै अढाई करोड रुपैयाँ भन्दा धेरै मूल्यमा लिलाम भएको छ ।

सन् १९७३ मा जब्सले जागिरका लागि दिएको उक्त दरखास्त बेलायतको चार्टरफिल्डमा भएको लिलामीका क्रममा १ लाख ६२ हजार ब्रिटिस पाउण्ड अर्थात् २ करोड ५८ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम भएको हो।

स्टिभ जब्सले सन् १९७४ मा अटारी कम्पनीमा जागिरमा प्रवेश गर्नुअघि उनले आफ्नै हातले लेखेको जागिरको निवेदनको सक्कल प्रति लिलाम बढाबढमा बिक्री भएको हो ।

आफ्नो दरखास्त निवेदनमा उनले आफूसँग फोन नम्बर नभएको तर सवारी चालक अनुमतिपत्र रहेको जनाएका छन् ।

साथै विगतका अनुभव भन्ने खण्डलाई उनले खाली छाडेका छन् । त्यस्तै यातायातको पहुँच छ वा छैन भन्ने प्रश्नको जवाफमा उनले सम्भव तर ढुक्क होइन भनेका छन् । शैक्षिक योग्यताको खण्डमा उनले आफ्नो मुख्य विषय अंग्रेजी साहित्य रहेको पनि उल्लेख गरेका छन् ।

आफ्नो रुची अन्तर्गत उनले कम्प्युटर डिजाइनिङ तथा क्याल्कुलेटर्सको क्षेत्रमा आफूसँग सीप तथा क्षमता रहेको भन्दै डिजाइन, विद्युतीय प्रविधि र डिजिटल प्रविधिको क्षेत्रमा आफ्नो रुची रहेको निवेदनमा उल्लेख गरेका छन् ।

अहिलेको रोजगार बजारमा प्रचलित दरखास्तहरु भन्दा जब्सको दरखास्त निकै सामान्य छ त्यसमा उनले आफूलाई बढाईचढाई गरेका छैनन् ।

सन् १९७४ मा अटारी कम्पनीमा जागिर सुरु गरेसँगै जब्सले स्टिभ वोज्नियाकलाई भेटेका थिए र ती दुईले एउटा ग्यारेजबाटै सन् १९७६ मा एप्पल कम्पनीको स्थापना गरेका थिए ।

लिलामकर्ताका अनुसार उक्त दरखास्तको सक्कल निकै दुरुस्त अवस्थामा रहेको छ र कागजको सुरक्षाको लागि बाहिरी घेरामा टेप टाँसिएको छ । दरखास्तको सक्कल प्रमाणितका लागि सँगै एउटा पत्र तथा प्रमाणपत्र समेत राखिएको छ ।

गत फेब्रुअरी २४ देखि मार्च २४ सम्म भएको लिलामीका क्रममा जब्सको पत्र बढाबढमा बिक्री भएको हो ।

एजेन्सी 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४