Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिनियाँ ‘भेरासेल’ खोप काठमाडौं आइपुग्याे !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १६ २०७७
  • 9.6K
    SHARES

काठमाडौं । चिनियाँ अनुदानको आठ लाख डोज कोभिडविरुद्धको खोप आज काठमाडौंमा आइपुगेको छ । चिनियाँ अनुदानको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप काठमाडौं आईपुगेको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

चीनले नेपाललाई दिएको खोप चीनको राजधानी बेइजिङ हुदै काठमाडौं ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चीनबाट आठ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आइतबार चीनको राजधानी बेइजिङ पठाइएको थियो ।

दुई मात्रा लगाउनुपर्ने चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई नेपाल ल्याइए पनि प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गरिनेछ ।

यद्यपि नेपालले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ । नेपालले प्राप्त गर्ने उक्त खोप चार लाख जनालाई लगाउन पुग्नेछ ।

यसअघि भारतले नेपाललाई अनुदानमा दिएको र भारतकै सीरम इन्स्टिट्यूट अफ इन्डियाबाट खरिद गरिएको कोभ्याक्स सुविधा अन्तर्गतको खोप नेपालले प्राप्त गरिसकेको छ । सीरम इन्स्टिट्यूट अफ इन्डियासँग नेपालले किन्न सम्झौता गरेको १० लाख मात्रा खोप भने अझै आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४