Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना बिर्सिएर बसन्तपुरमा होली


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १५ २०७७
  • 9.6K
    SHARES

काठमाडौं । रङहरुको पर्व फागू पूर्णिमा आइतबार नेपालको पहाडी जिल्लामा आपसमा रङ खेलेर मनाइएको छ । सार्वजनिक विदासमेत भएकाले मानिसहरु घरमै र समूहमा मिलेर फागू पूर्णिमा (होली पर्व) मनाइरहेका छन् ।

काठमाडौं उपत्यकामा धेरै मानिसहरु बसन्तपुर क्षेत्रमा होली खेल्न पुगेका छन् । हरेक वर्ष बसन्तपुरमा ठूलो समूहमा भेला भएर मानिसहरुले होली मनाउँछन् ।

तर यस वर्ष सरकारले कोरोना संक्रमणको जोखिम रहेकाले घरभित्रै होली खेल्न र सार्वजनिक ठाउँमा समूहमा होली नखेल्न आग्रह गरेको छ । तर युवाहरु ठूलो संख्यामा बसन्तपुर पुगेर आपसमा रङ दल्ने र खुशियाली मनाउने गरिरहेका छन् ।

आइतबार विहान १० बजेपछि मानिसहरु बसन्तपुर क्षेत्रमा जान थालेका थिए । सुरुमा सानो समूह भएकाले प्रहरीले उनीहरुलाई भेला हुन र रङ खेल्न रोकेको थियो । तर पछि ठूलो समूह जम्मा भएपछि प्रहरीलाई पनि रोक्न कठिन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४