Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंको तुवाँलो अझै केही दिन रहने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०७७
  • 2.2K
    SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि एक्कासी लागेको बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने विज्ञहरूले बताएका छन् ।

हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारदेखि केही बादल विकसित भइ हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना छ ।

शुक्रबार बिहान पनि एयर क्वालिटी इन्डेक्स (एक्युआई) रत्नपार्कमा १८७, महाराजगंजस्थित अमेरिकी दूतावासमा ४१०, दरबारमार्ग ४१६, झम्सिखेलमा ४०९ र भैंसेपाटीमा ३१६ छ । एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थ मानिन्छ तर, राजधानीको अहिलेको एक्युआई ४०० भन्दा माथि छ जुन घातक हो ।

एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक वातावरणविद्हरू बताउँछन् । प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदीबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४