Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कन्सल्टेन्सीको कालो धन्दा : भाषा पढाउने अनुमति लिएर ऐन विपरित कामदार विदेश पठाउने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०७७
  • 2.1K
    SHARES

काठमाडौं । गत बुधबार वैदेशिक रोजगारीमा लैजाने भन्दै कन्सल्टेन्सीले रकम मागिरहेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी आयो । ग्लोबल इन्फो एजुकेसन एण्ड सर्भिसेज प्रालि र नेक्स्ट हव नामको कम्पनीले वर्किङ भिसामा विदेश पठाउने भन्दै लाखौं असुलेर लैजाने तयारी गरिरहेको भन्दै सूचना पाएपछि विभागले अनुगमन गर्दा वैदेशिक रोजगारीमा लैजाने भन्दै सामाजिक सञ्जालबाट सामग्री प्रचार गरी ऐन विपरित विदेश पठाउने तयारी गरेको भेटियो ।

विभागको टोली पुग्दा पुरानो बानेश्वरका ग्लोबल इन्फो सञ्चालक भने फरार थिए । सञ्चालक मिडिया र क्यामेरा भएका कारण आउन कन्सल्टेन्सी खोल्न आउन नसक्ने विभागका टोलीसँग बताइरहेका थिए । रकम खातामा जम्मा गरिदिन आउनेको लाइन समेत लागेको थियो ।

ठूलै तामझामका साथ स्थापना गरिएको ग्लोबलले सरकारी स्वीकृति मात्रै पाएको इजरायल लगायतका विभिन्न युरोपेली मुलुकहरुमा पठाउनका लागि विभिन्न व्यक्तिसँग रकम असुलेको पाइएको थियो । विभागको अनुसार सञ्चालक अझै पनि सम्पर्कमा आएका छैनन् । यस्तै डिल्लीबजारको नेक्स्ट हव नामको कन्सल्टेन्सीमा एक युवाले लिथुनिया जानका लागि ७० हजार रुपैयाँ र पासपोर्ट पनि बुझाइसकेको अवस्थामा भेटिए ।

लिथुनिया जानको लागि ती युवकबाट ८ लाख रुपैयाँ मागिएको थियो भने पासपोर्ट समेत कन्सल्टेन्सीले लिइसकेको छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगारीमा लैजानका लागि कुनै पनि कम्पनीले इजाजत लिनुपर्ने तथा पूर्व स्वीकृति लिई कामदार छनौट गर्नुपर्ने हुन्छ । तर यस्ता कन्सल्टेन्सीले न त इजाजत लिएका छन् न त कामदारको विषयमा नै सोचेका हुन्छन् । त्यसैले यस्ता व्यक्ति र कम्पनीको पहिचान गरी कानुनी दायरामा ल्याउन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४