Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपाल पक्षलाई केपी ओलीका तीन सन्देश !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०७७
  • 4.2K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २३* फागुनयता भएका निर्णयबाट पछि नहट्ने प्रष्ट सन्देश माधवकुमार नेपाल पक्षलाई दिएका छन् ।

२८ फागुनमा अध्यक्ष ओली पक्षले एकलौटी गरेको निर्णयको विरोध गर्दै केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेको नेपाल समूह शुक्रबार संसदीय दलको बैठकमा उपस्थित भएको थियो । बैठकमा नेपाल समूहका नेताहरुले २ जेठ २०७५ मा फर्किएर पार्टीलाई एकतावद्ध रुपमा अगाडि बढाउन अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

तर अध्यक्ष ओली आफ्नो अडानमा टसकोमस देखिएनन् ।

  • २३ फागुन यताका निर्णय फिर्ता हुन्नन्

सर्वोच्च अदालतले २३ फागुनमा एमाले ब्युँताएपछि अध्यक्ष ओलीले २८ फागुनमा आफू निकट नेताहरुको बैठक राखेर नवौं महाधिवेशनबाट पास भएको विधान संशोधन गरे, महासचिव बाहेकका पदाधिकारी हटाए । नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्नुका साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरे ।

नेपाल समूहले यो निर्णय खारेजको माग राख्दै आएको छ । तर ओली आफू पछाडि नफर्किने बताएका छन् । ‘फागुन २८ गतेका निर्णयहरु र त्यसपछि ५ र ७ चैतमा संसदीय दलको बैठकले गरेका निर्णयहरुबाट ब्याक हुन सकिंदैन । बैठकमा केही साथीहरु अनुपस्थित हुनुभयो, तर पार्टीले विधिसम्मत तरिकाले निर्णय गरेको कारणले गर्दा फिर्ता हुन सकिंदैन’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भने ।

संसदीय दलको विधान संशोधन गरेर नेतालाई सांसद निलम्बन गर्ने विशेषाधिकार समेत दिइएको छ । ‘हामीले पारित गरेको विधान केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको छ । आवश्यक पर्‍यो भने समयक्रममा कालान्तरमा संशोधन गर्न सकिन्छ । अपरिवर्तनीय र असंशोधनीय छैन । तर, अहिले विधानमा तलमाथि गर्न सकिंदैन’ प्रधानमन्त्रीले भने ।

  • सुरु भएको कारबाही अगाडि बढ्छन्

संसदीय दलको बैठक राखेर अध्यक्ष ओलीले पार्टीमा सुरु भएको कारबाही प्रक्रिया अगाडि बढ्ने प्रष्ट पारेका छन् । तर कारबाहीको प्रकृति कस्तो हुन्छ भन्ने चाहिं खुलाएका छैनन् ।

ओली पक्षीय नेताहरु मात्र सहभागी केन्द्रीय समितिको ७ चैतको बैठकले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरुमध्ये नेपाल र रावलले जवाफ दिएका छन् भने भुसाल र पाण्डेले दिन बाँकी छ ।

नेताद्वयले आफूमाथि नै प्रश्न उठाएर दिएको जवाफप्रति ओली असन्तुष्ट देखिएका छन् । चार जनामध्ये दुई जनाको जवाफ आएको छ, जवाफ अत्यन्त नकारात्मक छ । त्यो कारबाहीको भागीदार छ’ ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक भट्टराईले भने ।

  • गुटसँग डिल हुन्न

एमाले अध्यक्ष ओलीले गुटसँग डिल नगर्ने आफ्नो अडान दोहोर्‍याएका छन् । व्यक्तिगत रुपमा प्रत्येकका आलोचना र गुनासा सुन्न तयार रहेको भन्दै उनले भनेका छन्, ‘एमालेमा कुनै गुट वा समूहको अस्तित्व छैन, छ भने एउटै पार्टी छ ।’

गुटगत वा समूहगत हिसाबले कुनै प्रकारको छलफल वा डिल नगर्ने उनले प्रष्ट पारेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४