Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण एसियाली विश्वविद्यालयमा शिक्षक र विद्यार्थी दुवैमा भारतको वर्चश्व !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १३ २०७७
  • 6.3K
    SHARES

काठमाडौं । दक्षिण एसियाली सहयोग संगठन (सार्क)अन्तरर्गत स्थापना भएको दक्षिण एसियाली विश्वविद्यालयमा भारतीय शिक्षक र विद्यार्थीको वर्चश्व देखिएको छ ।

भारतीय विदेश मन्त्रालयले त्यहाँको संसद लोकसभामा पेस गरेको विवरण अनुसार सो विश्व विद्यालयमा सन् २०२० सम्म जम्मा ५६ जना शिक्षकहरु रहेका छन् ।

५६ मध्ये ५० जना भारतीय शिक्षक छन् । नेपालको तर्फबाट तीन शिक्षक, बंगलादेश २ र श्रीलंकाका १ शिक्षक रहेका छन् । अन्य चार मुलुकबाट एकजना पनि शिक्षक रहेका छैनन् ।

त्यसैगरी विद्यार्थी संख्यामा पनि भारतको नै वर्चश्व रहेको छ । सन् २०२० मा सो विश्वविद्यालयमा २५१ जना विद्यार्थीहरु भर्ना भएका छन् । तीमध्ये १२५ जना भारतीय विद्यार्थीहरु रहेका छन् ।

नेपाली विद्यार्थीको संख्या २१ रहेको छ भने अफगानिस्तानको ४६, बंगलादेशको ३४, भुटानको १५, पाकिस्तानको ८, श्रीलंकको २ जना विद्यार्थी रहेका छन् । माल्दिभ्सका एकजना विद्यार्थी पनि रहेका छैनन् ।

तथ्यांकका अनुसार प्रत्येक वर्ष भारतीय विद्यार्थीहरुको संख्या बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४