Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवन, सिन्धुली र पाँचथरमा भएका सवारी दुर्घटनामा चारको मृत्यु, ६ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १२ २०७७
  • 2.1K
    SHARES

चितवन सिन्धुली पाँचथर । चितवन, सिन्धुली र पाँचथरमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

ट्रकले कारलाई ठक्कर दिदाँ चितवनमा २ जनाको मृत्यु भएको हो । मुग्लिन नारायणगढ सडक खण्डको दासढुङगामा ट्रक र कार ठोक्किएका थिए ।

मृत्यु हुनेमा तनँहु स्याम्घा–४ का धर्मराज गौली र कास्की लेखनाथ नगरपालिकाका रामकृष्ण भुजेल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी कारमा सवार चालक सहित ५ जना घाईते छन् । यता सिन्धुलीको दुधौली नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुधौली नगरपालिका १३ ठाकुरदमारका इन्द्रबहादुर खड्का रहेका छन् । दुर्घटनामा दाङका भगतराम चौधरी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

भिरबाट खसेको ट्याक्टरबाट शव निकाल्न पनि समस्या भएको प्रहरीले जनाएको छ ।

उता पाँचथरको फाल्गुनन्द गाँउपालीका–५ सुलुम्फीमा जिप दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फाकफोकथुम–७ एकतप्पाका २२ वर्षिय पदम लिम्बु रहेका छन् । यासोकबाट दमकतर्फ गईरहेको जिप ब्रेक फेल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४