Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्याग्दीमा विदेशबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टाइनमा राखिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ११ २०७७
  • 2.8K
    SHARES

पोखरा । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टाइनमा  बस्नुपर्ने भएको छ । कोरोना भाइरसको संक्रमण विस्तारै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दि क्वारेन्टाइनमा बस्नुपर्ने ब्यवस्था गरेको हो ।

बुधबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले भारतमा कोरोनाको दोस्रो लहर सुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट जिल्लामा भित्रिनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

म्याग्दीमा भारतबाट आएका मजदुरमा कोरोना पुष्टि भएपछि विदेशबाट आउने र घर विदामा आउनेलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा राखेर घर पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

उनका अनुसार बैठकले स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा कार्यान्वयन गर्ने, मास्कको अनिवार्य प्रयोग, स्थानीय तहमा क्वारेन्टाइन, आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याउने र पीसीआर परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको छ । 

त्यसैगरी बेनी अस्पतालमा चेकजाँचलाई व्यवस्थित बनाउने र हरेक निजी तथा सार्वजनिक संघसंस्थाले अनिवार्य साबुनपानीले हात धुने ब्यवस्था मिलाउने लगायतका निर्णय भएको प्रमुख लम्सालले बताए ।

कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्लामा भीडभाड हुने कार्यक्रमलाई समेत कडाई गरिने भएको छ । निर्माणका काममा आउने मजदुरलाई कोरोना परीक्षण तथा क्वारेन्टाइनमा नराखी काममा खटाइएको अवस्थामा सम्वन्धित कम्पनी तथा व्यक्तिलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४