Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतको संकेत : अब नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्छ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ११ २०७७
  • 5.6K
    SHARES

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सामना गरिरहेको छिमेकी मुलुक भारतमा संक्रमण तीव्र गतिमा फैलिएको छ ।

११ मार्चमा १० हजार ९८३ मा झरेको दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या बुधबार ४७ हजार २६२ पुगेको छ । नोभेम्बरको सुरुआतपछि पहिलो पटक एकैदिन धेरै संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा संक्रमण उच्च विन्दुतिर बढिरहँदा नेपालमा पनि संक्रमण बढेको देखिएको छ । अस्पतालमा पुग्ने सम्भावित संक्रमित, दैनिक पहिचान हुने संक्रमितको संख्या र संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांकले पनि यही संकेत गरेको छ ।

र, जसरी पहिलो लहरमा भारतमा संक्रमण तीव्र गतिमा फैलिएको एक महिनापछि नेपालमा बढ्यो, दोस्रो लहरमा पनि त्यही अवस्था आउन सक्ने विज्ञहरुले बताएका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य विभागको सहप्राध्यापक डा. अर्चना श्रेष्ठ भन्छिन्, ‘नेपाल, भारतभन्दा एक महिना पछाडि परेको र अहिले भारतमा संक्रमण बढ्दै गरेको तथ्यांकलाई एक ठाउँमा राख्दा हामी के अनुमान गर्न सक्छौं भने नेपालमा पनि अबका केही हप्ता संक्रमणको संख्या बढ्दै जाने सम्भावना देखिन्छ ।’

डा. श्रेष्ठले भनेझै नेपालमा दुई अंकमा सीमित भएको दैनिक पहिचान भएका सक्रिय संक्रमितको संख्या तीन अंकमा पुगेको छ । बुधबार ३ हजार ९६३ नमुना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको छ । साथै एक जनाको मृत्यु भएको छ ।

अस्पतालहरुको तथ्यांकले पनि त्यही भन्छ । कोरोना संक्रमितहरुको उपचार गराइरहेको शिक्षण अस्पतालमा गरिने परीक्षणमा संक्रमण दर १८ प्रतिशत पुगेको कोभिड संयोजक डा. सन्तकुमार दास बताउँछन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि लक्षणसहितका संक्रमित भर्ना हुन थालेका छन् । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार त्यहाँको संक्रमणदर २० प्रतिशत पुगेको छ । पाटन अस्पताल र बलम्बुस्थित एपीएफ अस्पतालमा पनि संक्रमित बिरामी बढ्न थालेको चिकित्सकहरु बताउँछन् ।

पछिल्लो समय दैनिक ५/७ जना बिरामी भर्ना हुन थालेका भन्दै उनीहरु भन्छन्, ‘जोखिम बढेको हामीले महशुस गरेका छौं । अब परीक्षण पनि बढाउनुपर्छ ।’

जोखिम बढ्यो, परीक्षण पनि बढ्छ

स्वास्थ्य मन्त्रालयले पनि संक्रमणको जोखिम बढेको स्वीकार गरेको छ र परीक्षण बढाउने बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले पुरानै मापदण्डअनुसार परीक्षण भइरहेको छ । ‘जोखिम बढेपछि परीक्षण गर्न मानिस आउलान्, अबको केही दिनमा परीक्षण अवश्य बढ्छ’ डा. गौतम भन्छन्, ‘मन्त्रालयले पनि पुरानो सबै संरचना पुनर्जागृत गर्न निर्देशन दिइसकेको छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखा (ईडीसीडी)ले पनि देशभरका स्थानीय तहहरुलाई पत्र पठाएर संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ थाल्न आग्रह गरेको छ ।

ईडीसीडीका निर्देशक डा. कृष्ण पौडेलका अनुसार १४ वटै अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेस्क राखिएको छ । ’त्यहाँ प्रारम्भिक स्वास्थ्य जाँच गर्दा शंकास्पद लागे परीक्षण गरेर क्वारेन्टिनमा राख्ने व्यावस्था मिलाएका छौ’ डा. पौडेल बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४